मुख्य समाचार
कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा गरियो सेना परिचालन | नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भयो उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन हुने | आज पनि बढ्यो सुनचाँदीको मूल्य | सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ |
मुख्य समाचार
कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा गरियो सेना परिचालन | नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भयो उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन हुने | आज पनि बढ्यो सुनचाँदीको मूल्य | सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ |


ईरान राईको कवितासंग्रह ‘इतिहास’ सार्वजनिक

मोरङ खबर 485+ समाचार ( )
१५ चैत्र २०८१, शनिबार

बेलबारी । मोरङको बेलबारीलाई मुकाम बनाएर साहित्य सिर्जना गर्दै आएका साहित्यकार ईरान राईको पछिल्लो कृति कवितासंग्रह ‘इतिहास’ सार्वजनिक गरिएको छ । बेलबारी साहित्य विकास समितिको आयोजनामा शुक्रबार बेलबारीमा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा पूर्वसांसद हर्कमान तामाङ, विशिष्ट अतिथिका रूपमा साहित्यकार बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, आयोजक संस्था बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला र कृतिकार ईरान राईले संयुक्त रूपमा कृति सार्वजनिक गर्नुभयो ।  

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा पूर्वसांसद हर्कमान तामाङले कृतिका श्रष्टा ईरान राई पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाको ‘ढुङ्गा’ शीर्षकको कवितामा उल्लेख भएको ढुङ्गा झैँ उत्पत्ति स्थलबाट लड्दैपड्दै, दरालिँदै, पिल्सिँदै अन्तिम अडानको अवस्थामा आइपुगेर राम्रो चिल्लो भए जस्तै विभिन्न हन्डर, ठक्कर खाँदै यो अवस्थामा आइपुग्नु भएको उल्लेख गर्नुभयो ।

  विशिष्ट अतिथि साहित्यकार तथा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले कपितय व्यक्तिहरुले नकरात्मकतालाई प्राथमिकता दिने गरेको भएपनि कवि ईरान राई जहिल्यै सकारात्मक र सिर्जनशील कार्यमा लाग्ने गरेको भन्दै प्रशंशा गर्नुभयो । 

  समालोचक मिश्र बैजयन्तीले ईरान राईका अन्य कृतिहरूमा जस्तै कवितासंग्रह ‘इतिहास’ मा पनि राजनैतिक, सामाजिक, शैक्षिक क्षेत्रहरूमा भएका विकृतिका विरुद्ध सरल भाषमा तिखो व्यङ्ग्य प्रहार गरिएको बताउनुभयो ।  

  कार्यक्रममा बोल्दै कृतिकार ईरान राईले आफूले २०४२ सालदेखि कविता लेखन सुरु गरेकोमा ‘इतिहास’ कवितासंग्रहमा ४२ ओटा कविताहरू संग्रहित गरेको जानकारी दिनुभयो । उहाँले कार्यक्रममा ‘आजकल म जोगबनी जान्नँ’ शीर्षकको कविता वाचन गरेर सुनाउनुभयो । उहाँले मूल धन नमासिने गरी सोही संस्थाले अगाडि पुरस्कृत गरेको २५ हजारमा ५१ हजार रुपैयाँ रकम थप गरि व्याज रकमबाट नवप्रतिभा पुरस्कार प्रदान गर्ने घोषणा पनि गर्नुभयो । 

  कार्यक्रममा प्रगतिशील लेखक संघ, कोशी प्रदेश अध्यक्ष तिला लेकाली, साहित्य कला संगम, झापाका अध्यक्ष विष्णु न्यौपाने र डियर कल्याण साहित्य प्रतिष्ठान, सुनसरीका अध्यक्ष विनोद घिमिरे ‘विवश’ले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

  कार्यक्रममा बेलबारी प्रज्ञा–प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदीले कृतिको शीर्षक कविता ‘इतिहास’ वाचन गर्नुभयो भने स्रष्टा समाज, मोरङका अध्यक्ष जेबी थुलुङले कृतिभित्रको ‘उडान’ र विराटनगरकी साहित्यकार सविना श्रेष्ठले ‘असार पन्ध्र’ कविता वाचन गर्नुभयो । यस्तै साहित्यकार रोहिणी रसिक, नवराज पोख्रेल नवशिला र एकराज भट्टराईले आआफ्ना रचना वाचन गर्नुभयो । 

  कार्यक्रममा संविधान सभा सदस्य मधु गुरुङ, कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी, लघुकथा मञ्चका अध्यक्ष दीप मंग्राती, बेलबारी नगरपालिकाका वडाध्यक्षहरू योगेन्द्र सुवेदी र कृष्ण गुरुङ, समाजसेवी विदुर सुवेदी, नवराज भट्टराई, परशुराम सुवेदी, प्रताप थापा, धनजित पराजुली, विमला पाख्रेल, केशु विरही र अजित धिमालको आतिथ्यता रहेको थियो । 

  बेलबारी १ स्थित सगरमाथा इंग्लिस स्कूलको सभाकक्षमा भएको कार्यक्रमको अध्यक्षता आयोजक संस्था बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाले गर्नु भएको थियो । कार्यक्रम सचिव उमा सिजापती र सहसचिव विमला सुवेदीले सञ्चालन गर्नुभयो भने स्वागत मन्तव्य उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीले राख्नु भएको थियो ।  


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार