मुख्य समाचार
लैङ्गिक उत्तरदायी बजेट : सुधार्दै कोशी प्रदेश सरकार | द पोएट आइडल–२०८३’ को उपाधि प्रसान परियारलाई | पोलियोलाई पराजित गर्दै आत्मनिर्भरताको उदाहरण बनेका लेटाङका टंकबहादुर | नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) |

कुइकुण्डा प्राविको ४० औं वार्षिक उत्सव सम्पन्न

मोरङ खबर 410+ समाचार ( )
२ चैत्र २०८०, शुक्रबार

- तिलक राई मोरङको लेटाङ–१ मा रहेको श्री कुइकुण्डा प्राथमिक विद्यालयले आफ्नो ४० औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । वि.स. २०४० सालमा स्थापना भएको विद्यालयले बिहीबार विविध कार्यक्रम सहित आफ्नो ४० औं वार्षिकउत्वस सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लेटाङ नगरपालिका वडा नंं. १ का वडा अध्यक्ष विष्णु कुमार मगरले विद्यालयको शैक्षिक विकाससँगै भौतिक विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिद्धता जनाउँदै विद्यालयले शैक्षिक गुणस्तर सुधार्दै गएकोमा खुशि व्यक्त गर्नुभयाे । उहाँले विद्यार्थी, शिक्षक, अभिभावक बिच अन्तरकृया भईरहनुपर्ने बताउँदै स्थानीय सरकारले त्यसका लागि काम गरिरहेको जानकारि दिनुभयाे।

यस्तै नगरपालिकाकाे शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख कृष्णराज राईले विश्व परिवेश अनुसारको जनशक्ति उत्पादन आजको आवश्यकता भएकाले विद्यालयले दक्ष जनशक्ति उत्पादन गर्ने प्रमुख लक्ष्य लिनुपर्ने बताउनुभयाे । कार्यक्रममा पहाडि ग्रामिण विकास संस्था (हर्डन)का कार्यक्रम संयोजक सुरेश अधिकारीले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि हर्डनले आवश्यक सहयोग गरिरहेको बताउँदै विद्यालयले आगामी दिनहरुमा विद्यालयको शैक्षिक विकासलाई ध्यान दिन सुझाव दिनुभयाे ।

कार्यक्रममा बाेल्दै लेटाङ नगरपालिका वडा नं. १ की वडा सदस्य गीता मगर, साग्मा माविका प्राध्यानाध्यापक डिल्ली अधिकारी र समाजसेवी किरण मगरले बालबालिकाको भावना बुझेर शिक्षण गर्न सुझाव दिँदै बालबालिकाको जिम्मेवार पक्ष घर परवार नै भएकाले सोहि अनुसार विद्यार्थीहरुलाई घरमा पनि सिकाइमैत्री वातावरण तयार पर्नुपर्ने बताउनुभयाे । कार्यक्रममा विद्यालयकी प्राध्यानाध्यापक गौरीमाया मगरले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयाे भने विद्यार्थी र शिक्षकहरुले विभिन्न साँस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।

सो अवसरमा विद्यालयको शैक्षिक विकासमा महत्वपूर्ण सहयोग गर्ने एमसीसी नेपाल, हर्डन तथा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष धन बहादुर लिम्बुलाई सम्मान गरिएको थियो । कार्यक्रममा भलिबल प्रतियोगिता, तातो आलु प्रतियोगिता, चिठ्ठा तान्ने प्रतियोगिता, घुईटो फोर प्रतियोगिता सम्पन्न गरिएको थियो भने विद्यालयले वर्षभरी सम्पन्न गरेका अत्तिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष यम बहादुर मगरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम शिक्षक राम बहादुर रावत सञ्चालन गर्नु भएकाे थियाे ।

प्रतिक्रिया

सुजता मगर २ चैत्र २०८०, शुक्रबार

मोरङ्ग खबर उत्कृष्ट हुदै जाओस शुभकामना सथै बिगत का दिनहरू मा भन्दा परिबर्तनशिल शिक्षाको बिकाश गर्नु भएको मा कुइकुन्डा प्रा.बि का वि.ब्य.स.शिक्षक शिक्षिका तथा सहयिगी सस्था हर्ड्न र जनप्रतिनिधि ज्युहरु लाई उत्तर उत्तर प्रगति को कामना

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार