मुख्य समाचार
लैङ्गिक उत्तरदायी बजेट : सुधार्दै कोशी प्रदेश सरकार | द पोएट आइडल–२०८३’ को उपाधि प्रसान परियारलाई | पोलियोलाई पराजित गर्दै आत्मनिर्भरताको उदाहरण बनेका लेटाङका टंकबहादुर | नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) |

लेटाङ जाँतेमा भोलिदेखि धान्याञ्चल सुरभी ज्ञान महायज्ञ सुरु हुँदै, तयारी पुरा

मोरङ खबर 410+ समाचार ( )
३० मंगशिर २०८१, आइतबार
लेटाङ । लेटाङ ९ जाँतेमा भोलि सोमबारदेखि सुरुहुने श्रीमद्भागवत महापुराण तथा धन–धान्याचल सुरभी महायज्ञको तयारी पुरा भएको छ । लेटाङ ९ जाँते गणेश मन्दिर परिसरमा सञ्चालित श्रीकृष्ण गौशाला जाँतेको आयोजनामा भोलिदेखि सुरु हुने महायज्ञको तयारी पुरा भएको आयोजक समितिका कोषाध्यक्ष मनोरथ घिमिरेले जानकारी दिनुभयो ।

महायज्ञको प्रचार–प्रसारका साथै मण्डप निर्माण, प्रवेशद्वार निर्माण, सरसफाई लगायतका तयारी सकिएको उहाँले जानकारी दिनुभयो । पौष १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने महायज्ञमा श्रीगोलोक गोवर्धन गौशाला शिवसताक्षीधाम झापाका आचार्य पण्डित श्री घनश्याम खनाल ज्यूले कथावाचन गर्नुहुनेछ भने पाठपारायण श्री वैजनाथ अधिकारी प्रारम्भिक सँस्कृत विद्यापिठ लेटाङ जाँतेका गुरु पण्डित सुदिप ढुंगानाले गर्नुहुनेछ ।

श्रीकृष्ण गौशालाको विकास तथा सञ्चालनका लागि सहयोग जुटाउने उद्देश्यले महापुरण आयोजना गरिएको आयोजक समितिका सचिव पुष्प काफ्लेले जानकारी दिनुभयो ।
महापुराणमा खासगरि गाईको संरक्षणलाई जोड दिँदै गौमहिमा सहितको संगीतमय कथावाचन गरिने पण्डित सुदीप ढुंगानाले जानकारी दिनुभयो । भोलि विहान ८ बजेदेखि कलशयात्रा सुरु गरि १२ बजे महापुराणस्थलमा आइपुगेर औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

कलशयात्रा महापुराण आयोजनास्थल गणेश मन्दिर परिसरबाट सुरु भइ लेटाङ बजार र जाँते बजार परिक्रमा गर्दै महापुराणस्थलमा आएर सम्पन्न हुने सचिव काफ्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

sher Bdr.Magar ३० मंगशिर २०८१, आइतबार

एकदम पुण्य कार्यकालागि आयोजक टिमलाई धेरै धेरै धन्यबाद /साधुबाद ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार