मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लागुऔषध दुर्व्यसन नियन्त्रण गर्न लेटाङ सचेत नागरिक समाज गठन

मोरङ खबर 407+ समाचार ( )
१२ फाल्गुन २०८१, सोमबार

- उमेश चाम्लिङ

लेटाङ । लेटाङ क्षेत्रमा बढ्दो लागुऔषध दुर्व्यसन नियन्त्रण गर्न स्थानीयवासी एकजुट भएका छन् । लेटाङ ३ र ४ मा पर्ने बजार क्षेत्रका स्थानीयवासीको विशेष भेला गरि नगर क्षेत्रमा बढ्दो लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि लेटाङ सचेत नागरिक समाज गठन गरि एकजुट भएका हुन् । 

नगरपालिका क्षेत्रमा लागुऔषध दुव्र्यसन बढेकाले लागुऔषध दुर्व्यसन नियन्त्रण गरि युवापुस्तालाई त्यसतर्फ लाग्नबाट बचाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्न लेटाङ सचेत नागरिक समाज गठन गरिएको बताइएको छ । स्थानीय वुद्धिजीवि तथा सामाजिक अगुवा वुद्धि चाम्लिङको अध्यक्षतामा बसेको भेलाले भरतकुमार राईको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति गठन गरेको छ । 

समितिको उपाध्यक्षमा रत्नबहादुर सूर्यमगर, तेजबहादुर लिम्बू, सचिवमा चित्र राना मगर, सहसचिवमा यामकुमार राई, कोषाध्यक्षमा भीमबहादुर राई (किरण), सदस्यहरुमा भूपाल कार्की, एकराज अधिकारी, शुक्रबहादुर बलम्पाकी मगर, रमेश लिम्बू, गिरिष कार्की (जुलु), सन्तोष राई, इन्द्रजीत मगर, आशपति राई, प्रकाश राई, अनिल लिम्बू, भविन राई, राजबहादुर राई, पुरण श्रेष्ठ, रत्नबहादुर मगर, दलबहादुर लिम्बू र इन्द्र राई रहेका छन् । 

यस्तै सल्लाहकार समिति संयोजकमा वुद्धि चाम्लिङ, सदस्यमा कविराज लिम्बू, मनकुमार राई, मनिहर्क राई, भविन्द्रकुमार लिम्बू, रंगबहादुर राई, सुवनकुमार याखा र रामकुमार राईलाई चयन गरिएको छ ।

यसैगरि भेलाले लेटाङ बजारमा लागुऔषध दुर्व्यसन सम्बन्धि जनचेतनामुलक र्याली प्रदर्शन गर्ने निर्णय गरेको छ । आगमी फागुन १७ गते सचेतनामुलक प्ले कार्ड र व्यानरसहित लेटाङ बजारमा सचेतनामुलक र्याली निकाल्ने निर्णय गरिएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार