मुख्य समाचार
बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प | नामिबियासँग नेपाल ८ विकेटले पराजित, दोहोरियो कमजोर प्रदर्शन | इटहरीको दिगो चार्ज प्वाइन्टमा सोलार ब्याट्री स्टोरेज प्रणाली विकास गरिने | धरानसहित १३ स्थानीय तहले ल्याउन सकेनन् बजेट | विपद्को समयमा कार्यालय नछाड्न निर्देशन | छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका सुकुनाका थप एक जना शिक्षक पक्राउ, पक्राउ पर्नेको सङ्ख्या पुग्यो चार | लगातार छैटौं कारोबार दिन बढ्यो नेप्से, कारोबार पनि नाघ्यो ६ अर्ब रुपैयाँ | चौतर्फी विरोधपछि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नगर्ने सरकारको निर्णय | धार्मिक विषयलाई लिएर जानकी मन्दिर परिसरबाट लखेटिए श्रम संस्कृतिका कार्यकर्ता | कीर्तिपुरमा आगो लागेको कारबाट निकालियो एक जनाको शव |

विराटनगर आगलागी : २ जनाको मृत्यु, ४ जना घाइते, उपचारका लागि काठमाडौं लगियो

रेवती रमण निरौला 160+ समाचार ( )
२० मंगशिर २०८०, बुधवार

विराटनगर । बुधबार दिउँसो विराटनगर ७ सातघुम्तीस्थित कवाडी पसलमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । आगलागीमा परि ४ जना घाइते भएका छन्, जसमध्ये २ जनाको अवस्था गंभीर रहेको छ । मृत्यु भएका २ जनामध्ये १ जनाको मात्र पहिचान खुलेको छ ।

आगलागीमा परि गंभीर घाइते भएका विराटनगर ६ बस्नेत अन्दाजी ४० वर्षका दीपक मण्डलको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै आगलागी भएको ठाउँमा पहिचान खुल्न नसकेको अवस्थामा एकजना महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।   

आगलागीमा परि विराटनगर ६ बस्ने आन्दाजी ६५ वर्षीया सुशीला पासवान र विराटनगर ६ कै अन्दाजी ६० वर्षीया रिता सरदार गंभीर घाइते भएका छन् । दुवै जनाको जिउ र हातखुट्टा जलेको पाइएको प्रहरीले जानकारी दिएको छ । यस्तै विराटनगर ६ बस्ने अन्दाजी ५८ वर्षीय किशोर पासवान र कटहरी ६ बस्ने अन्दाजी ३० वर्षीया पींकी कामत मध्यम घाइते भएका छन् । उनीहरु दुवै जनाको खुट्टाको भाग जलेको छ । 

यसैबीच घाइतेहरुलाई थप उपचारका लागि कीर्तिपुरस्थित जलन सम्बन्धी विशिष्टिकृत अस्पतालमा एयर एम्बुलेन्सद्वारा पठाइएको छ । कवाडीमा कार्यरत कामदारहरुले कवाडीखानाभित्र केहि दिनयता विद्यूत सर्ट भइरहेको र मर्मतका लागि आग्रह गर्दा संचालकहरुले अटेर गरेको बताएका छन् । 

उनीहरुले दिउँसो खाना खाएर आराम गरिरहेको अवस्थामा अचानक पड्किएको आवाज आएको र आगो फैलिएको बताए । आफूहरुले भागेर ज्यान जोगाएको कवाडीखानाकी एक महिला कामदारको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार