मुख्य समाचार
सन् २०३० को विश्वकप फुटबल ६ वटा देश र ३ वटा महादेशमा हुने, विश्वकपको शतवार्षिकी मनाइने | इटहरीका विभिन्न संघसंस्थाले ट्राफिकलाई दिए ६४ थान ट्राफिक कोन | यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर | मदन पुरस्कारका लागि १० पुस्तकको सूची सार्वजनिक | लियो क्लब अफ तरहरा–इटहरी गठन | १४ अङ्क उक्लियो बजार, कारोबार रकममा गिरावट | घाइते सञ्चारकर्मीलाई नयन मिडिया फाउन्डेसनद्वारा बीमा रकम हस्तान्तरण | चरित्र हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गर्याे अभियन्ता वेदिका केसीलाई | कानेपोखरीमा पैदलयात्रीलाई ठक्कर दिएर फरार सवारी चालक ४ दिनपछि पक्राउ | पदभार ग्रहणअघि निर्वाचित सदस्यहरूसँग उद्योग वाणिज्य संघ इटहरीकी नवनिर्वाचित अध्यक्ष गायत्री कटुवाल भण्डारीद्वारा छलफल |

सन् २०३० को विश्वकप फुटबल ६ वटा देश र ३ वटा महादेशमा हुने, विश्वकपको शतवार्षिकी मनाइने

मोरङ खबर 459+ समाचार ( )
८ श्रावण २०८३, शुक्रबार

लेटाङ ।  २०२६ को विश्वकप सकिएसँगै अब फुटबल समर्थकहरूको ध्यान २०३० को फिफा विश्वकपतर्फ केन्द्रित भएको छ ।

विश्वकप फुटबल प्रतियोगिता हुन थालेको १०० वर्ष पूरा हुने हुनाले आगामी विश्वकप प्रतियोगिता इतिहासमै पहिलोपटक छ वटा देश र तीन महादेशमा आयोजना हुने भएको हो ।

सो विश्वकप जुन महिनामा शुरु हुने बताइएको छ । विश्वकपका विशेष खेलहरू उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा हुने भएका छन् । मुख्य प्रतियोगिता स्पेन, पोर्चुगल र मोरक्कोमा सञ्चालन हुने र जुलाइ २१ मा फाइनल खेल खेलाइने बताइएको छ ।

प्रतियोगिताको आयोजक राष्ट्र स्पेन, पोर्चुगल र मोरक्को रहने भएका छन् । विश्वकपको शतवार्षिकी मनाउन पहिलो चरणका एक–एक खेल भने उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा खेलाइने भएको छ ।

विश्वकपको पहिलो प्रतियोगिता जितेको र आयोजना गरेको हुनाले एक खेल उरुग्वेमा खेलाइने भएको हो ।

१०० वर्ष अघि भएको पहिलो विश्वकपमा उपविजेता भएको अर्जेन्टिनाको सम्मान गर्दै समूह चरणको एउटा खेल खेलाइने भएको छ ।

सो समय अस्तित्वमा रहेको एक मात्र महादेशीय फुटबल महासंघ कन्मेबोलको घर भएको देश पाराग्वेले पनि एउटा खेल आयोजना गर्ने भएको छ । बाँकी खेल आयोजक तीन देशमा हुने भएको छ ।

प्रतियोगितामा ४८ टोली सहभागी हुने भएका छन् । आयोजक छ वटा देश स्वतः छनोट भइसकेका हुनाले बाँकी ४६ देश छनोट हुनेछन् ।

सन् २०३४ को विश्वकप भने साउदी अरेबियामा आयोजना हुने भएको छ । सो वर्षको विश्वकप आयोजना गर्न अरु कुनै पनि देशले इच्छा नदेखाएकाले साउदीले एक्लै विश्वकपको आयोजना गर्ने भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार