मुख्य समाचार
बजेट फागुनभित्र खर्च गर्नुपर्ने, खर्च नभएको बजेट चैत १५ भित्र फिर्ता गर्नुपर्ने | असार महिनामा सवारी व्यवस्थापनसम्बन्धी भएका कामको प्रहरीले गरायो जानकारी | अब बलिया कम्पनीको शेयरमा ८० प्रतिशतसम्म कर्जा पाइने | लगातार ६ दिन बढेको शेयर बजारमा गिरावट, खुम्चियो कारोबार रकम पनि | नोबेल र कोशी प्रदेश प्रहरीबीच भयो प्रहरी परिवारलाई उपचार गर्ने सम्झौता | संस्कृत विश्वविद्यालयको उपकुलपतिमा धरानका प्रा.डा. भीमप्रसाद खतिवडा नियुक्त | स्थायी नियुक्ति रोक्ने निर्णयको विरोधमा युवा निस्किए सडकमा | गणेश थापा र रेवतीप्रसाद ढकाल असार महिनाको ‘सर्वोत्कृष्ट’ प्रहरी घोषित | बेलबारीको इमान स्मृति टोल विकास संस्थाले शुरु गर्याे सरसफाइ अभियान | २ घण्टामा अढाइ अर्बको शेयर किनबेच, सूचकमा २९ अङ्कको गिरावट |

अब बलिया कम्पनीको शेयरमा ८० प्रतिशतसम्म कर्जा पाइने

मोरङ खबर 440+ समाचार ( )
६ श्रावण २०८३, बुधवार

काठमाडौंः नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् गरिएका घोषणा कार्यान्वयनमा लैजाँदै बैंक तथा वित्तीय संस्थाका लागि शेयर धितो कर्जादेखि निर्माण व्यवसायीको कर्जा पुनर्संरचना, विद्युतीय सवारी कर्जा, ब्याज आम्दानीको लेखाङ्कन र राष्ट्रिय परिचयपत्रसम्मका व्यवस्थामा महत्त्वपूर्ण संशोधन गरेको छ ।

राष्ट्र बैंकले असार ३१ गते ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै छ वटा क्षेत्रमा नयाँ तथा परिमार्जित व्यवस्था लागू गरेको हो ।

सबैभन्दा महत्त्वपूर्ण परिवर्तन शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जासँग सम्बन्धित छ । हाल बैंक तथा वित्तीय संस्थाले पछिल्लो १८० कार्यदिनको औसत अन्तिम मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको बढीमा ७० प्रतिशतसम्म शेयर धितो कर्जा दिन पाउँछन् । राष्ट्र बैंकले यो आधारभूत सीमा यथावत् राखे पनि वित्तीय तथा संस्थागत रूपमा बलिया सूचीकृत कम्पनीको शेयरमा थप १० प्रतिशत बिन्दुसम्म कर्जा दिन सकिने बाटो खोलेको छ ।

अब बैंकले उच्च मूल्याङ्कन गरेका कम्पनीको शेयर धितोमा कर्जा–मूल्य अनुपात अधिकतम ८० प्रतिशतसम्म पुर्याउन सक्नेछन् । तर, यो सुविधा सबै सूचीकृत कम्पनीको शेयरमा स्वतः लागू हुने छैन । बैंक तथा वित्तीय संस्थाले छुट्टै ‘प्रडक्ट पेपर’ तयार गरी सूचीकृत कम्पनीको सबलता मूल्याङ्कन गर्नुपर्नेछ ।

जसअन्तर्गत चुक्ता पूँजीको आकार, धितोपत्र सूचीकरण भएको न्यूनतम अवधि, कम्पनी नाफामा रहे÷नरहेको अवस्था, लाभांश वितरणको इतिहास, क्रेडिट रेटिङ, नियामकीय व्यवस्थाको पालना तथा नियमित साधारणसभा सम्पन्न भए–नभएको विषय समेट्नुपर्नेछ । बैंकले तयार गरेको यस्तो प्रडक्ट पेपर आफ्नो वेबसाइटमा समेत सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार