मुख्य समाचार
धरानसहित १३ स्थानीय तहले ल्याउन सकेनन् बजेट | विपद्को समयमा कार्यालय नछाड्न निर्देशन | छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका सुकुनाका थप एक जना शिक्षक पक्राउ, पक्राउ पर्नेको सङ्ख्या पुग्यो चार | लगातार छैटौं कारोबार दिन बढ्यो नेप्से, कारोबार पनि नाघ्यो ६ अर्ब रुपैयाँ | चौतर्फी विरोधपछि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नगर्ने सरकारको निर्णय | धार्मिक विषयलाई लिएर जानकी मन्दिर परिसरबाट लखेटिए श्रम संस्कृतिका कार्यकर्ता | कीर्तिपुरमा आगो लागेको कारबाट निकालियो एक जनाको शव | हजार रुपैयाँ बढ्यो सुनको दाम, चाँदीको ५० रुपैयाँ | बिल लिनेमध्ये १ जनालाई प्रत्येक दिन १ लाख र १५ दिनको फरकमा १ जनालाई १० लाख पुरस्कार दिने सरकारको घोषणा | गत २४ घण्टामा झापाको अनारमनीमा १०८.६ मिलिमिटर वर्षा, पछिल्लो १ घण्टामा झापाको बाहुनडाँगीमा १७.६ मिलिमिटर वर्षा |

मिक्लाजुङ आएर प्रधानमन्त्री दाहालले जनाए उत्तरी मोरङको विकासका लागि ३ वटा प्रतिवद्धता

रेवती रमण निरौला 160+ समाचार ( )
६ पौष २०८०, शुक्रबार

लेटाङ । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उत्तरी मोरङको विकासका लागि ३ वटा प्रतिवद्धता जनाउनु भएको छ । आज मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ५ खोलिटारमा भएको नेकपा माओवादी केन्द्रको रुपान्तरण अभियान अन्तरगतको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस क्षेत्रको विकासका लागि मुख्य ३ वटा विकास निर्माणका काम अघि बढाउन उचित देखिएको भन्दै ति काम अघि बढाउने प्रतिवद्धता जनाउनु भएको हो ।

आफूलाई धेरै ज्ञापनपत्र प्राप्त भएको बताउँदै उहाँले त्यसमध्ये पनि ३ वटा कुरा महत्वपूर्ण रहेको भन्दै ती ३ वटा विकासका योजना आफूले अघि बढाउने प्रतिवद्धता जनाउनु भयो । पहिलो नम्बरमा मिक्लाजुङको ५० वर्ष पुरानो लाभा खोला खानेपानी आयोजना अलपत्र अवस्थामा रहेकाले उहाँले त्यसलाई पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो । यस्तै उहाँले इलामको चुलाचुलीदेखि मिक्लाजुङ हुँदै लेटाङ जोड्ने मार्ग अगाडी बढाउने विश्वास दिलाउनुभयो । मदन भण्डारी राजमार्ग निर्माण गर्ने क्रममा नै यो मार्ग बनाउने भनेर प्रतिवद्धता गरिएकाले समेत यसलाई आफुले प्राथमिकतामा राखेको उहाँको भनाइ छ । यस्तै प्रधानमन्त्री दाहालले उर्लाबारी, मधुमल्ला, दारे गौंडा पक्की सडक निर्माण गर्ने २०२८ सालदेखिको अधुरो सपना प्रचण्डले नै पुरा गरोस् भन्ने माग रहेकाले यो बाटो निर्माण प्रकृया पनि आफूले अघि बढाउने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले पथरीशनिश्चरेमा सुकुम्वासीको निकै ठूलो समस्या रहेको जानकारी आएको भन्दै देशव्यापी रुपमा रहेको सुकुम्वासीको समस्या समाधान गर्न ऐनमा भएका बाधा फुकाउने र लालपुर्जा वितरण सहज बनाउने प्रकृया आफुले सुरु गरिसकेको उल्लेख गर्नुभयो । उहाँले दुग्ध किशानले भुक्तानी नपाएको विषयमा काठमाडौं पुगेर भुक्तानी दिलाउन प्रकृया अघि बढाउने पनि बताउनुभयो ।

अध्यक्ष दाहालले शान्ति प्रकृयाको सुरुवात गर्ने बेलामा आफु २० वर्ष अघि मिक्लाजुङ गाउँपालिकाको रमितेमा आएको र यसै ठाउँबाट शन्ति प्रकृयाको सुरुवात भएको भन्दै रमितेमा ऐतिहासिक महत्वको शन्ति प्रकृया स्मारक बनाउने प्रतिवद्धता जनाउनुभयो । उहाँले सुशासन, समाजिक न्याय र सम्वृद्धिको पक्षमा आफुले काम गरेको भन्दै अन्तार्रष्ट्रिय स्तरमा देशको गरिमा बढाउन पनि धेरै काम गरेको दावी गर्नुभयो । प्रधानमन्त्री भएको एक वर्ष पुगेका दिन जनताको नाममा ठूलो सम्बोधन गर्दै मन्त्रि फेरेर भएपनि नयाँ ढंगले अघि बढ्ने उहाँको भनाइ छ । पहिचान र अधिकारको लडाँइ लड्नुपर्छ भन्ने पार्टी र नेताको हैसियतले कोशी प्रदेशको नामाकरणको विषयमा सबै दलसँग र आन्दोलनरत सँस्थाहरुसँग संवाद गरेर सकारात्मक ढंगले समाधान गर्न पहल गर्ने उहाँको भनाइ छ ।  

  नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत हरेक महिना कुनै एक वडामा पुग्ने अभियान अन्तरगत दाहाल मिक्लाजुङ–५ आउनु भएको बताइएको छ । वृहत आमसभा नाम दिएर कार्यक्रम गरिएको भएपनि जनसहभागिता भने निकै न्यून रहेको थियो । मोरङ जिल्लामा एकमात्र पालिका उपाध्यक्ष जितेको पालिका र भुमिगत कालमा माओवादीको आधार इलाकाको रुपमा रहेको तत्कालिन जाँते गाविसको ४ नम्बर वडास्थित खोलिटारमा भएको कार्यक्रममा देखिएको जनसहभागिताले माओवादी केन्द्रप्रति जनताको वितृष्णा कायम रहेको भान पर्दथ्यो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार