मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङमा दुर्व्यसन विरुद्ध आमाहरु कार्यक्रम शुभारम्भ (भिडियोसहित)

रेवती रमण निरौला 160+ समाचार ( )
३ वैशाख २०८१, सोमबार

लेटाङ । लेटाङ नगरपालिकामा दुर्व्यसन विरुद्ध आमाहरु कार्यक्रम शुभारम्भ गरिएको छ । लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि कोशी प्रदेश प्रहरी कार्यालयले सुरु गरेको अभियान लेटाङ नगरपालिकामा पनि शुभारम्भ गरिएको हो । दुर्व्यसन विरुद्ध आमाहरु कार्यक्रम सञ्चालनका लागि हरेक पालिकाको उपाध्यक्ष वा उपप्रमुखको अध्यक्षतामा ११ सदस्यीय पालिका स्तरीय संरचना निर्माण गरि अभियान सञ्चालन गर्ने गरिएको छ । 

सोही अनुशार लेटाङ नगर उपप्रमुख कृष्णकुमारी निरौलाको अध्यक्षतामा भएको अभियान शुभारम्भ कार्यक्रममा नगर प्रमुख भूपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरि प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, नगरपालिकाको  सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर ४ का वडाध्यक्ष राम कुमार श्रेष्ठ, कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका कर्मचारी, पत्रकार लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा बोल्दै नगर प्रमुख भूपेन्द्र कुमार लावतीले नगरपालिकाले समेत दुर्व्यसन नियन्त्रणका लागि काम गर्ने योजना बनाइरहेका बेला कोशी प्रदेश प्रहरी कार्यालय मार्फत अत्यन्तै प्रभावकारी कार्यक्रम आएको भन्दै सहकार्य गरेर अघि जाने बताउनुभयो ।

यसैगरि नगर उपप्रमुख कृष्ण कुमारी निरौलाले आमाहरुमार्फत दुर्व्यसन नियन्त्रण गर्ने अभियान निकै प्रभावकारी हुने विश्वास व्यक्त गर्नभुयो । उहाँले दुर्व्यसन नियन्त्रण गर्नका लागि नगरपालिकाले बजेट व्यवस्थापन समेत गरेको भन्दै प्रहरीसँग मिलेर अघि बढेको अवस्थामा प्रभावकारी काम गर्न सकिने उल्लेख गर्नुभयो । 

प्रहरी निरीक्षक भीमलाल ओलीले आमाहरुको सहयोगमा लागुऔषध दुव्र्यसनी नियन्त्रण गर्नका लागि सहज हुने भएकाले कोशी प्रदेश प्रहरी कार्यालयले अभियान सुरु गरेको बताउनुभयो । उहाँले यस कार्यका लागि नगरपालिकाको सहयोग अत्यावश्यक रहेको पनि बताउनुभयो । कार्यक्रम अन्तरगत नगरपालिकाका दुव्र्यसन प्रभावित क्षेत्र छनौट गरि आमाहरुसँग छलफल गरि जनचेताना लगायतका काम अघि बढाउने बताइएको छ ।  

  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार