मुख्य समाचार
लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि | रेडस्टार मावि र ऋतम्भरा कलेजमा स्वागत तथा अभिमुखिकरण सम्पन्न, विद्यार्थीसँगै नाचे राजेश हमाल | कोशी प्रदेशका मुख्यमन्त्री र जापानका राजदूत माईडा टोरु बीच भेटवार्ता | विराटनगरमा पाँचौँ विराट सडक महोत्सव हुने, प्रवेश निःशुल्क | मुख्यमन्त्री र जापानी राजदुत लेटाङ आउँदै, पुस्तकालय उद्घाटन गर्ने कार्यक्रम |

लेटाङ जाँतेस्थित वसन्त हरियाली सामुदायिक वनलाई जिल्लाकै उत्कृष्ट पुरस्कार

मोरङ खबर 394+ समाचार ( )
१ श्रावण २०८१, मङ्गलबार

विराटनगर । लेटाङ–९ जाँतेस्थित वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूह जिल्लाकै उत्कृष्ट सामुदायिक वनको रुपमा पुरस्कृत भएको छ । डिभिजन वन कार्यालय मोरङले सोमबार विराटनगरमा आर्थिक वर्ष ०८०।०८१ को वार्षिक प्रगति समीक्षा तथा पुरस्कार वितरण कार्यक्रम गरि वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूह लेटाङ ९ जाँतेलाई आर्थिक वर्ष ०८०।०८१ को जिल्ला स्तरीय उत्कृष्ट सामुदायिक वन पुरस्कार २०८१ द्वारा पुरस्कृत गरेको हो । 

  वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूह लेटाङले वार्षिक कार्यक्रम अनुसार वनको संरक्षण, सम्वर्धन, व्यवस्थापन तथा जामुन प्रजातीको नमूना पुनर्उत्पादन प्लट स्थापना गरि उत्कृष्ट कार्य गरेकाले जिल्लाकै उत्कृष्ट समुदायिक वनको रुपमा पुरस्कृत गरिएको जनाइएको छ । कार्यक्रममा वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूह लेटाङ ९ जाँतेका अध्यक्ष होमनाथ सुवेदी लगायतका पदाधिकारीहरुले प्रमाणपत्रसहित ५ हजार नगद पुरस्कार ग्रहण गर्नुभयो । 

सम्मानित भएपछि कार्यक्रममा बोल्दै अध्यक्ष सुवेदीले वन समूहको कामको मुल्यांकन गरि पुरस्कृत गरेकोमा डिभिजन वन कार्यालय मोरङलाई धन्यवाद दिनुभयो । उहाँले वसन्त हरियाली सामुदायिक वनलाई जिल्लाकै उत्कृष्ट बनाउन वन समूह बनाउन सम्पूर्ण पदाधिकारी, उपभोक्ताहरु तथा डिभिजन वन र सवडिभिजन वन कार्यालय सबैको योगदान रहेको बताउनुभयो । उहाँले पुरस्कार पाएपछि वन संरक्षण र उपभोक्तको हितमा अझ राम्रो काम गर्न प्रेरणा मिलेको बताउनुभयो । 

कार्यक्रममा मोरङमा दोश्रो हुने नक्सल सामुदायिक वन उपभोक्त समिति बेलबारी तथा तेश्रो हुने सिंहदेवी सामुदायिक वन वेलवारी र सलकपुर सामुदायिक वन उपभोक्ता समूह सुन्दरहरैँचालाई समेत प्रमाणपत्र प्रदान गरि पुरस्कृत गरिएको छ ।  

यसैगरि नीजि वनतर्फ सन्तोष लामा तामाङ मिक्लाजुङ प्रथम, इसरी थारु ग्रामथान द्वीतिय तथा सूर्यवहादुर रायमाझी उर्लावारी, प्रेमप्रसाद रायमाझी, उर्लावारी र गोपालबहादुर थापा उर्लावारी संयुक्तरुपमा तेश्रो भएका छन् ।   प्रथम, द्वीतिय र तितृय हुने सामुदायिक तथा निजी वनहरुलाई ५ हजार, ४ हजार र ३ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ । 

यसैगरि कार्यालयले आर्थिक वर्ष ०८०।०८१ मा उत्कृष्ट सेवा प्रदान गर्ने सो कार्यालय तथा मातहतका कर्मचारीलाई समेत सम्मान गरेको छ । कार्यालयले उत्कृष्ट काम गर्ने वन अधिकृत, फरेष्टर, वन रक्षक, नर्सरी नाइके वन सामाजिक परिचालक तथा सचिव गरि १३ जनालाई सम्मान गरेको हो ।  डिभिजन वन कार्यालय विराटनगरका प्रमुख विष्णुलाल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव विशाल घिमिरेको प्रमुख आतिथ्यता र कोशी प्रदेस वन निर्देशनालयका प्रमुख डा ईन्द्र सापकोटाको  विशिष्ट आतिथ्यता रहेको थियो ।     

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार