मुख्य समाचार
सुन्दरहरैँचामा माघ ३० गतेदेखि सुन्दरहरैँचा विराट एक्स्पो हुँदै, ८ ठाउँमा सार्वजनिक शौचालय बनाउने उद्देश्य (भिडियोसहित) | नोवेल एजुकेशन लेटाङ–८ जाँतेमा विज्ञान प्रदर्शनी सम्पन्न (भिडियोसहित) | सुन्दरहरैँचा विराट एक्स्पोको तयारी तिव्र, (अध्यक्ष नारायण कार्कीसँगको विशेष कुराकानी) | लेटाङमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत मेसन तालिम सञ्चालन (भिडियोसहित) | उपमेयर पक्षको माग पुरा गर्ने मेयरको प्रतिवद्धतापछि इटहरीको विवाद साम्य (भिडियोसहित) | इटहरीमा मेयर र उपमेयरको विवाद बढ्दो, मेयरले मनलाग्दी गरेको आरोप | लेटाङमा फागुन ३ देखि खेलकुद महोत्सव हुँदै, ९ विधामा प्रतिस्पर्धा | शैक्षिक परामर्श व्यवसायलाई प्रदेश मातहत राख्न व्यवसायीहरुको माग | लेटाङमा बाँसका फर्निचर बनाउने तालिम सुरु | एमाले मोरङको १० औँ जिल्ला अधिवेशनको तयारी तिव्र, फागुन १० गते एकैदिन प्रतिनिधि छनौट गरिने |

लेटाङ जाँतेमा गौसंरक्षणका लागि सुरभी महायज्ञ सम्पन्न

रेवती रमण निरौला 94+ समाचार ( )
८ पौष २०८१, सोमबार

जाँते । लेटाङ ९ जाँतेमा धुमधामका साथ श्रीमद्भागवत महापुराण तथा धन–धान्याचल सुरभी महायज्ञ सम्पन्न भएको छ । गौसंरक्षण र सम्वर्धनका लागि लेटाङ ९ जाँते गणेश मन्दिर परिसरमा सञ्चालित श्रीकृष्ण गौशाला जाँतेको आयोजनामा गत सोमबारदेखि सुर भएको महायज्ञ आइतबार सम्पन्न भएको हो ।

नयाँ वृन्दवन गौशाला सुन्दरहरैँचाका पीठाधिश दिनवन्धू शास्त्री महाराज र श्रीगोलोक गोवर्धन गौशाला शिवसताक्षीधाम झापाका पिठाधिश नन्दकिशोर भारद्वाज महाराजले गत सोमाबार उद्घाटन गर्नु भएको महायज्ञमा श्रीगोलोक गोवर्धन गौशाला शिवसताक्षीधाम झापाका आचार्य पण्डित घनश्याम खनालले कथावचन गर्नुभयो भने श्री वैजनाथ अधिकारी प्रारम्भिक सँस्कृत विद्यापिठ लेटाङ जाँतेका गुरु पण्डित सुदिप ढुंगानाले पाठपरायण गर्नु भएको थियो । 

भागवत कथाका साथै गाईको महिमा बारे मानिसहरुलाई जानकारी दिएर गाई संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिंदै गौशालाको विकास र प्रवर्धनका लागि महायज्ञ सञ्चालन गरिएको हो । 

मोरङ जिल्लामै पहिलोपटक आयोजना गरिएको सुरभी महायज्ञमा ठूलो संख्यामा भक्तजनहरुले सहभागिता जनाएको र सफलतापूर्वक सम्पन्न भएको आयोजक समितिका अध्यक्ष सुजित बुढाथोकीले बताउनुभयो । महायज्ञमा नगद र जिन्सी गरेर अनुमानित २० लाख भन्दा बढीको दान प्राप्त भएको कोषाध्यक्ष मनोरथ घिमिरेले जानकारी दिनुभयो । महायज्ञको आम्दामी र खर्च बारे १ साता भित्र सार्वजनिक सुनुवाई गरि जानकारी गराइने भने उहाँले बताउनुभयो । 

महायज्ञमा दैनिक कथाप्रवचन, महात्म्य भजनकिर्तन लगायतका धर्मिक कार्यक्रम सञ्चालन गरिएको थियो । साथै प्रतियोगितात्मक भजनकिर्तन सञ्चालन गरि उत्कृष्ट हुनेहरुलाई ढोलक पुरस्कार दिइएको थियो । महायज्ञको समापन समारोहमा महायज्ञमा विभिन्न भूमिकामा सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । यस क्षेत्रलाई झापाको सताक्षीधाम झैँ धर्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताइएको छ ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार