मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङमा एमालेको जिल्ला स्तरीय प्रशिक्षण सुरु (भिडियोसहित)

रेवती रमण निरौला 161+ समाचार ( )
१६ फाल्गुन २०८०, बुधवार

लेटाङ । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र मोरङको आयोजनामा लेटाङमा जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सुरु भएको छ । आज बुधबारदेखि सुरु भएर भोलि विहीबार सकिने प्रशिक्षणमा नेकपा एमालेको जनवर्गिय संगठनका मोरङमा रहेका केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरु सहभागी छन् । एमालेका २३ वटा जनवर्गिय संगठनका मोरङमा रहेका केन्द्र, प्रदेश र जिल्लाका नेताहरुलाई बेग्ला बेग्लै राखेर ३ वटा कक्षामा प्रशिक्षण सञ्चालन गरिएको छ । 

प्रशिक्षण अन्तरगत आज बुधबार पहिलो दिनको कक्षामा नेताहरु हिक्मत कार्की, भानुभक्त ढकाल, विन्दा पाण्डे, घनश्याम खतिवडा, ऋषिकेश पोखरेल र सोमराज थापाले प्रशिक्षण दिनुभयो । विद्यालय तथा कलेजमा पढाए जसरी नै ३ वटा कक्षामा समय तोकेर पालैपालो नेताहरुले प्रशिक्षण दिएका छन् । 

दुइ दिन सञ्चालन हुने आवसिय प्रशिक्षण कार्यक्रम पार्टी, जनप्रतिनिधि र जनसंगठनबीचको अन्तरसम्बन्ध र माक्र्सवादको विषय केन्द्रीत रहने बताइएको छ । पार्टीका जनवर्गिय संगठनहरुलाई सक्रिय र मजवुद बनाएर सुदृढ नेतृत्व तयार पार्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र मोरङका संयोजक रविन थापाले जानकारी दिनुभयो । 

पार्टीका नेता कार्यकर्ताहरुलाई बेला बेलामा पुनरताजगी गर्नुपर्छ भन्ने उद्देश्यले पार्टीका, दर्शन, सिद्धान्त र विचारका बारेमा प्रशिक्षण सञ्चालन गारिएको बताइएको छ । प्रशिक्षणमा पार्टीको तत्कालिन कार्यभार, दीर्घकालिन कार्यभार र आगामी कार्यदिशा बार पनि प्रशिक्षण प्रदान गरिने एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो । पछिल्ला दिनहरुमा नेता कार्यकर्तामा कम अध्ययन गर्ने, पपुलारिजममा रमाउने जस्ता कृयाकलाप बढ्दै गएकाले पार्टी स्कूल विभागको नीति अन्तरगत प्रशिक्षण राखिएको कार्कीले बताउनुभयो ।  

दार्शनिक सैद्धान्तिक, राजनीतिक समसामयिक, र प्राविधिक गरि ३ वटा विषयमा केन्द्रीत रहेर प्रशिक्षण सञ्चालन गरिएको बताइएको छ । भोलि अन्तिम दिन पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले समेत प्रशिक्षण दिने कार्यक्रम रहेको छ । प्रशिक्षणमा करिव २ सय जना सहभागी छन् । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार