मुख्य समाचार
स्थायी नियुक्ति रोक्ने निर्णयको विरोधमा युवा निस्किए सडकमा | गणेश थापा र रेवतीप्रसाद ढकाल असार महिनाको ‘सर्वोत्कृष्ट’ प्रहरी घोषित | बेलबारीको इमान स्मृति टोल विकास संस्थाले शुरु गर्याे सरसफाइ अभियान | २ घण्टामा अढाइ अर्बको शेयर किनबेच, सूचकमा २९ अङ्कको गिरावट | सुनको मूल्य बढ्यो ५४०० रुपैयाँ, चाँदीको ११० रुपैयाँ | बागमती सरकारबाट एमाले बाहिरियो, ६ मन्त्रीको सामूहिक राजीनामा | अनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिक विषयक अन्तरक्रिया | गाडी, भ्रमण र घरभाडामा अर्थ मन्त्रालयको लगाम | इलाका प्रहरी कार्यालय बेलबारीका कार्यालय प्रमुख प्रहरी निरीक्षक राजीव गिरी उत्कृष्ट प्रहरी घोषित | दोलखाको गौरीशंकरमा बाढीले बगाउँदा एक जना बेपत्ता, ४ जना कर्मचारी भीरमा बसेर उद्धारको पर्खाइमा |

गणेश थापा र रेवतीप्रसाद ढकाल असार महिनाको ‘सर्वोत्कृष्ट’ प्रहरी घोषित

मोरङ खबर 434+ समाचार ( )
६ श्रावण २०८३, बुधवार

लेटाङ ।  कोशी प्रदेश प्रहरी कार्यालयले २०८३ साल असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ । व्यावसायिकता र उच्च मनोबलका साथ कार्यसम्पादन गर्ने दुई जना प्रहरी असार महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित भएका हुन् ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार अस्थायी प्रहरी चौकी चाँदबेला सुनसरीका प्रहरी सहायक निरीक्षक गणेश थापा र जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हवल्दार रेवतीप्रसाद ढकाल असार महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित हुनुभएको हो ।

प्रहरी सहायक निरीक्षक थापाले गस्तीका क्रममा एक थान चाइनिज पेस्तोल र ३ राउन्ड गोलीसहित दुई जना प्रतिवादीलाई नियन्त्रणमा लिन सफल हुनुभएको थियो ।

त्यसैगरी, प्रहरी हवल्दार ढकालले ठूलो परिमाणमा लागूऔषध बरामद गर्न महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ केजी र धरानका विभिन्न स्थानबाट ४०४ केजी गाँजा उहाँले बरामद गर्नुभएको थियो । साथै ४७.२९ ग्राम ब्राउन सुगर, १८ हजार ट्याब्लेट ट्रामोल र २१० ट्याब्लेट स्पास्पेन सहित अवैध ओसारपसारमा संलग्न व्यक्तिहरू र फरार प्रतिवादीहरूलाई पक्राउ गर्न पनि ढकाल सफल भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

थापा र ढकालको सो कार्यको उच्च मूल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार