लेटाङ । आज सुनको मूल्य तोलामा ५ हजार रुपैयाँभन्दा बढी बढेको छ । आज सुनको भाउ तोलामा ५ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा ११० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य आज प्रतितोला ४ हजार ४८० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।