मुख्य समाचार
इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता | ३० अर्बको दैनिक कारोबार लक्ष्यसहित पूँजी बजारको १० वर्षे गुरुयोजना सार्वजनिक | आज तरहरामा ‘कोरा २०२६’ हुने, ६ सयभन्दा बढी साइकलयात्री सहभागी हुने | आज हरिशयनी एकादशी, चर्तुमास व्रत शुरु | स्रोत नखुलेको साढे ६ लाख रुपैयाँसहित विराटनगर विमानस्थलबाट उपसचिव पक्राउ |
मुख्य समाचार
इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता | ३० अर्बको दैनिक कारोबार लक्ष्यसहित पूँजी बजारको १० वर्षे गुरुयोजना सार्वजनिक | आज तरहरामा ‘कोरा २०२६’ हुने, ६ सयभन्दा बढी साइकलयात्री सहभागी हुने | आज हरिशयनी एकादशी, चर्तुमास व्रत शुरु | स्रोत नखुलेको साढे ६ लाख रुपैयाँसहित विराटनगर विमानस्थलबाट उपसचिव पक्राउ |


एमाले मोरङको १० औँ जिल्ला अधिवेशनको तयारी तिव्र, फागुन १० गते एकैदिन प्रतिनिधि छनौट गरिने

रेवती रमण निरौला 160+ समाचार ( )
२३ माघ २०८१, बुधवार

विराटनगर । नेकपा एमाले जिल्ला कमिटी मोरङको १० औँ जिल्ला अधिवेशनको तयारी तिव्र पारिएको छ । गत माघ १४ गते बसेको नेकपा एमाले जिल्ला कमिटी मोरङको पूर्ण बैठकले फागुन १७, १८ र १९ गतेका लागि अधिवेशनको मिति तय गरेसँगै तयारी अघि बढाइएको हो । 

विराटनगरमा हुने जिल्ला अधिवेशनलाई सफल पार्न जिल्ला कमिटी मोरङले विभिन्न १० वटा उपसमिति निर्माण गरि तयारीको काम अघि बढाएको छ । अधिवेशनको तयारी स्वरुप मंगलबार प्रचार प्रसार उपसमिति र आर्थिक उपसमितिको बैठक सम्पन्न भएको छ । 

उपसमिति संयोजक सन्तोष वान्तवाको अध्यक्षतामा बसेको प्रचार \ प्रसार उपसमितिको बैठकलाई सम्बोधन गर्दै जिल्ला कमिटी अध्यक्ष बाबुराम कार्कीले मोरङ कोशी प्रदेशको राजधानी मात्र नभएर र राष्ट्रिय राजनीतिमा समेत प्रभावशाली जिल्ला भएकाले जिल्ला अधिवेशनलाई भव्यरुपमा सफल पार्न तीब्र तयारी थालिएको भन्दै प्रचार \ प्रसारको कामलाई व्यापक बनाउन आग्रह गर्नुभयो । 

यस्तै नेकपा (एमाले) संगठन कमिटी मोरङका सचिव रविन थापाले सूचना \ प्रविधिको उच्चतम प्रयोग गरी अधिवेशनका सन्दर्भमा प्रचार / प्रसारको कामलाई तीब्र बनाउनुपर्ने बताउनुभयो । उहाँले जिल्ला कमिटीको बैठकले गरेको निर्णय अनुसार सवै उपसमितिहरुले आ–आफ्नो जिम्मेवारी अनुसार काम थालेको बताउँदै प्रचार \ प्रसार उपसमितिलाई पनि सोही अनुसार कार्ययोजना बनाई अघि बढ्न आग्रह गर्नुभयो । 

सो बैठकले प्रविधिको उच्चतम प्रयोग गरि अधिवेशनको व्यापक प्रचार÷प्रसारका लागि पार्टी निकट पत्रकार, सञ्चारकार्मी र प्रेस चौतारीलाई परिचालन गर्ने निर्णय गरेको प्रचार / प्रसार उपसमितिका प्रमुख बान्तवाले जानकारी दिनुभयो ।  

उहाँका अनुसार बैठकले विराटनगरमा हुन लागेको प्रेस चौतारीको कोशी प्रदेश कमिटीको अधिवेशन र केन्द्री कमिटीको महाधिवेशनका लागि आवश्यक सहयोग र समन्वय गर्ने निर्णयसमेत गरेको छ । 

बैठकमा नेकपा (एमाले) संगठन कमिटी मोरङका उपसचिव सोमराज थापा र प्रचार / प्रसार उपसमितिका उपप्रमुख मिनकुमार आचार्य, प्रेस चौतारी कोशी प्रदेशका महासचिव बाबुराम भण्डारी लगायतले पनि धारणा राख्नुभयो । 

यी हुन् १० वटा उपसमिति र संयोजक  

  अधिवेशनको मूल व्यवस्थापनको भूमिका जिल्ला संगठन कमिटीले निर्वाह गर्नेछ भने अन्य उपसमितिका संयोजक तोकेर काम अघि बढाइएको छ । जसमध्ये आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा राजन भण्डारी, प्रचार प्रसार उपसमितिमा सन्तोस वान्तवा, स्वयंसेवक उपसमितिमा शान्तिकुमारी लिम्बू, मञ्च व्यवस्थापन उपसमितिमा सन्तोष साह र अतिथि सत्कार उपसमितिमा श्रील्पा निराला कार्कीलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी राजनीतिक प्रतिवेदन लेखन उपसमितिमा बाबुराम कार्की, सांगठनिक प्रतिवेदन लेखन र प्रतिनिधि व्यवस्थापन उपसमितिमा रविन थापा, खाद्य तथा आवास व्यवस्थापन उपसमितिमा राधेश्याम कट्टेल र स्वास्थ्य उपसमितिमा मनोज विक्रम शाहलाई जिम्मेवारी दिइएको छ ।

फागुन १० गते सबै वडामा प्रतिनिधि छनौट गरिने

  एमाले मोरङको १० औँ जिल्ला अधिवेशनका लागि फागुन १० गते एकै दिन जिल्लाभरि सबै वडाबाट प्रतिनिधि छनौट गरिने भएको छ । सबै पालिकाका वडामा एकैदिन प्रतिनिधि छनोट गर्ने निर्णय भएको अध्यक्ष बाबुराम कार्कीले बताउनुभयो । कार्कीका अनुसार सो दिन १७ पालिकाका १ सय ५९ वडाबाट प्रतिनिधि छनोट हुनेछन् । अविधेशनले जिल्ला कमिटीको आकार घटाएर १ सय ६५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ । मोरङमा नेकपा एमालेका करिव १९ हजार संगठीत सदस्य रहेका छन् ।  


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार