मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

विद्यार्थीहरुलाई दिउँसोको सत्रमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने भीआपी ज्याकेट खरिद गर्नेले पनि निःशुल्क रुपमा प्रवेश पाउनेछन् ।
सुन्दरहरैँचामा माघ ३० गतेदेखि सुन्दरहरैँचा विराट एक्स्पो हुँदै, ८ ठाउँमा सार्वजनिक शौचालय बनाउने उद्देश्य (भिडियोसहित)

रेवती रमण निरौला 161+ समाचार ( )
एक्स्पोबाट ४ करोड आम्दानी हुने र खर्च कटाएर २ करोड बचत हुने अनुमान
२७ माघ २०८१, आइतबार

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा माघ ३० गतेदेखि फागुन १० गतेसम्म सञ्चालन हुन लागेको सुन्दरहरैंचा विराट एक्स्पो २०८१ को प्रचार प्रसारका लागि आज आइतबार वृहतरुपमा पत्रकार सम्मेलन गरिएको छ । एक्स्पोको बारेमा जानकारी दिँदै प्रचार प्रचार गर्ने उद्देश्यले एक्स्पो आयोजना स्थलमा गरिएको पत्रकार सम्मेलनमा मोरङ, झापा र सुनसरी लगायत क्षेत्रका गरि करिव ५० जना पत्रकारहरुको उपस्थिति रहेको थियो । 

  आयोजक सँस्था सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एक्स्पोका संयोजक भोलेश्वर दुलालले एक्स्पो आयोजना गर्नुको उद्देश्य लगायतका विषयमा पत्रकारहरुलाई जानकारी गराउनुभयो ।  

कार्यक्रममा बोल्दै उहाँले सुन्दरहैँचा उद्योग वाणिज्य संघको अगुवाईमा नगरपालिकाका विभिन्न ८ ठाउँमा सार्वजनिक शौचालय निर्माण गर्ने उद्देश्यले विगतका वर्षहरुमा सञ्चालन गरिएको एक्स्पोको निरन्तरताकै रुपमा यसवर्ष पनि आयोजना गरिएको जानकारी दिनुभयो ।

उहाँले एक्स्पोबाट ४ करोड आम्दानी हुने र खर्च कटाएर २ करोड बचत हुने अनुमान गरिएको पनि जानकारी दिनुभयो । एक्स्पोबाट कृषि उद्योग तथा पर्यटन लगायतका अािर्थक एवं औद्योगिक कृयाकलापको अभिवृद्धि गर्नुका साथै नविनतम ज्ञान तथा नवप्रवर्धनको खोजी गरि दिगो रोजगारी सिर्जना गर्ने उद्देश्य समेत लिइएको उहाँको भनाइ छ । 

विहान १० बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने एक्स्पोमा दिउँसो ३ बजेसम्मका लागि १ सय र त्यसपछिका लागि २ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । विद्यार्थीहरुलाई दिउँसोको सत्रमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने भीआपी ज्याकेट खरिद गर्नेले पनि निःशुल्क रुपमा प्रवेश पाउनेछन् । 

एक्स्पोमा विजेनेश स्थल ११४, कृषिका स्टल ४०, आटोमोवाइल्सका १५, होटलका १६ र गरि जम्मा विभिन्न १ सय ९४ वटा स्टल रहने संयोजक दुलालले जानकारी दिनुभयो । एक्स्पोमा आकर्षक वगैँचा, माछाको विशाल एक्युरियम लगायतका सेल्फीजोन, विभिन्न खेल मानोरञ्जन तथा दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत आकर्षणको रुपमा रहने उहाँले बताउनुभयो ।  

यसैबीच पत्रकार सम्मेलनपछि एक्स्पोका संयोजक भोलेश्वर दुलालले पत्रकारहरुलाई विराटचौक र सलकपुरमा निर्माण सम्पन्न भइसकेका २ वटा अत्याधुनिक सार्वजनिक शौचालय तथा पुस्तकालयको अवलोकन समेत गराउनु भएको छ । महिलामैत्री, अपाङ्गमैत्री, विश्रामकक्ष, धुम्रपानकक्ष तथा पुस्तकालय र बैठक कक्षसहितको सुविधा सम्पन्न शौचालय निर्माण भएको देखेपछि अवलोकनका लागि पुगको सञ्चारकर्मीहरुले समेत सो कार्यको प्रशंसा गरेका छन् । 

यसैबीच एक्स्पो आयोजना स्थलमा संरचना निर्माणको काम धमाधमरुपमा भइरहेको छ । यसवर्षको एक्स्पोमा ठूला ठूला डोम निर्माण गरि स्टल राखिने भएकाले त्यसका लागि ३ वटा डोम निर्माण भइरहेका छन् भने अन्य मनोरञ्जनात्मक खेलका भौतिक संरचना पनि निर्माण भइरहेको छ ।

सुन्दरहैँचा उद्योग वाणिज्य संघले ८ वर्षको अन्तरालमा निकै लामो तयारी गरेर अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीसहितको चौथो सुन्दरहरैँचा विराट एक्स्पो सञ्चालन गर्न लागेको हो । एक्स्पोको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्दैहुनुहुन्छ । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार