मुख्य समाचार
गाडी, भ्रमण र घरभाडामा अर्थ मन्त्रालयको लगाम | इलाका प्रहरी कार्यालय बेलबारीका कार्यालय प्रमुख प्रहरी निरीक्षक राजीव गिरी उत्कृष्ट प्रहरी घोषित | दोलखाको गौरीशंकरमा बाढीले बगाउँदा एक जना बेपत्ता, ४ जना कर्मचारी भीरमा बसेर उद्धारको पर्खाइमा | बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प | नामिबियासँग नेपाल ८ विकेटले पराजित, दोहोरियो कमजोर प्रदर्शन | इटहरीको दिगो चार्ज प्वाइन्टमा सोलार ब्याट्री स्टोरेज प्रणाली विकास गरिने | धरानसहित १३ स्थानीय तहले ल्याउन सकेनन् बजेट | विपद्को समयमा कार्यालय नछाड्न निर्देशन | छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका सुकुनाका थप एक जना शिक्षक पक्राउ, पक्राउ पर्नेको सङ्ख्या पुग्यो चार | लगातार छैटौं कारोबार दिन बढ्यो नेप्से, कारोबार पनि नाघ्यो ६ अर्ब रुपैयाँ |

दोलखाको गौरीशंकरमा बाढीले बगाउँदा एक जना बेपत्ता, ४ जना कर्मचारी भीरमा बसेर उद्धारको पर्खाइमा

मोरङ खबर 427+ समाचार ( )
६ श्रावण २०८३, बुधवार

काठमाडौंः दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ मा सिप्रिङ खोलामा आएको बाढीले बगाउँदा ७३ वर्षीय चसमान तामाङ बेपत्ता हुनुभएको छ । ४ जना जोखिमपूर्ण स्थानमा बसेर उद्धारको पर्खाइ गरिरहेको सो वडाका वडाध्यक्ष ङिमगेली शेर्पाले बताउनुभएको छ ।

वडाध्यक्ष शेर्पाका अनुसार चसमानका गाई बाख्रा पहिरोले गोठसहित बगाएको छ । बाढीका कारण सिप्रिङ खोला जलविद्युत केन्द्रमा कार्यरत कर्मचारी शुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ भीरमा अडिएर बसेका छन् । सो ठाउँ पनि असुरक्षित रहेको तर निरन्तरको बाढीका कारण उद्धार गर्न कठिन भएको वडाध्यक्ष शेर्पा बताउनुहुन्छ ।

अहिले प्रहरीहरू सिंगटी र रोल्वालिङबाट घटनास्थल गइसकेको र पैदलै जानुपर्ने हुनाले केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

सिप्रिङ खोला जलविद्युत केन्द्रको ड्याम साइड पनि बाढीले क्षति गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार