मुख्य समाचार
लेटाङ नगरपालिकाद्वारा युवायुवतीहरुलाई ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता तालिम प्रदान (भिडियोसहित) | लेटाङका निरौलाहरुले गरे उधौली गोठधूप, माघमा देवाली पूजा गर्ने | मोरङ पाथिभरामा विज्ञान प्रदर्शनी तथा रोवोटिक्स प्रतियोगिता सम्पन्न | लेटाङ–४ लाई बालमैत्री वडा घोषणा गरिने, जिससको टोलिद्वारा अनुगमन | लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि |

अनेरास्ववियु लेटाङ क्याम्पस कमिटीद्वारा विद्यार्थीहरुलाई झोला वितरण (भिडियोसहित)

मोरङ खबर 396+ समाचार ( )
२ जेठ २०८२, बिहीबार

लेटाङ । अनेरास्ववियुको ६१ औँ स्थापना दिवसको अवसरमा अनेरास्ववियु लेटाङ क्याम्पस कमिटिले लेटाङ ५ स्थित करमबोटे आधारभुत विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । अनेरास्ववियु लेटाङ क्याम्पस कमिटीको आयोजनामा नेकपा एमाले मोरङका जिल्ला कमिटी सदस्य तथा लेटाङ ५ का वडाध्यक्ष भूम सूर्यमगरको प्रमुख आतिथ्यतामा विद्यालयमा विशेष कार्यक्रम गरि झोला वितरण गरिएको हो । 

अनेरास्ववियु लेटाङ क्याम्पस कमिटीका अध्यक्ष निशान भुजेलले साथी नेपाल काठमाडौंको सहयोगमा विद्यालयमा अध्ययन गर्ने ४० जना विद्यार्थीहरुलाई झोला वितरण गरिएको जानकारी दिनुभयो ।

लेटाङ ५ स्थित करमबोटे आधारभुत विद्यालयमा विद्यार्थीहरुको आकर्षण घट्दो क्रममा रहेको तथा अधिकांश विपन्न परिवारका विद्यार्थीहरु अध्ययन गर्ने भएकाले उनीहरुलाई थोरै भएपनि हौसला मिलोस् भनेर झोला वितरण गरिएको अध्यक्ष भुजेलको भनाइ छ । 

कार्यक्रममा अनेरास्ववियु कोशी प्रदेश कमिटी सदस्य राजेश ढकाल, अनेरास्ववियु मोरङका पूर्वउपाध्यक्ष रुपेश खड्का, अनेरास्ववियु मोरङका सहसचिव छवि श्रेष्ठ, नेपाल पत्रकार महसंघ मोरङका सहसचिव रेवतीरमण निरौला, लेटाङ क्याम्पस स्ववियु सदस्य स्वस्तिका मगर, विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष, विद्यालय अभिभावक संघका अध्यक्ष लगायतको पनि आतिथ्यता रहेको थियो ।

यसैगरि स्थापना दिवसकै अवसरमा सोही विद्यालय परिसरमा ६ वटा फूलका विरुवा समेत रोपिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार