प्याब्सन लेटाङद्वारा आयोजित लोकनृत्य प्रतियोगितामा युनाइटेड मिनर्वा ग्यालेक्सी र नोबेल एजुकेशन प्रथम

Morang Khabar 1+ समाचार ( )
४ अशोज २०८३, आइतबार

लेटाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लेटाङको आयोजनामा अन्तरविद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । लेटाङ–५ स्थित ग्रीनपिस पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा विद्यार्थीहरूले नेपाली मौलिक कला, संस्कृति र विभिन्न जातजातिका परम्परा झल्काउने नृत्यहरू प्रस्तुत गरेका थिए ।

विद्यार्थीमा मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितालाई सिनियर र जुनियर गरी दुई विधामा विभाजन गरिएको थियो । 

सहभागी विद्यार्थीहरूले आ–आफ्नो समुदायको सांस्कृतिक पहिचान झल्काउने भेषभूषा र संगीतमा विविध नृत्य प्रस्तुत गर्दा कार्यक्रम स्थल सांस्कृतिक विविधताले रमणीय बनेको थियो । प्रतियोगितामा नेपालमै लोपोन्मुख मानिने लेप्चा जातिको सांस्कृतिक नृत्य विशेष आकर्षणका रूपमा रहेको थियो । 

     प्रतियोगितामा सिनियरतर्फ १० र जुनियरतर्फ ८ वटा विद्यालयले सहभागिता जनाएकोमा सिनियरतर्फ युनाइटेड मिनर्वा एन्ड ग्यालेक्सी एकाडेमी प्रथम भएको छ । यस विद्यालयका विद्यार्थीहरुले थारु समुदायको डफु नाच प्रस्तुत गरेका थिए । यस्तै सिनियरतर्फ नै लिम्बू समुदायको मौलिक ’केलाङ’ नृत्य प्रस्तुत गर्दै लेटाङ ग्रीन भ्याली एकाडेमीले दोश्रो स्थान हासिल गर्यो भने मगर समुदायका झाँक्रि नृत्य प्रस्तुत गर्दै नोबेल एजुकेसन एण्ड डेभलपमेन्ट फाउन्डेसनले तेश्रो स्थान हासिल गर्यो । 


यता जुनियर विधातर्फ भने नोबेल एजुकेसन एण्ड डेभलपमेन्ट फाउन्डेसन प्रथम भएको छ । नोवेलले कोयु राई समुदायको सांस्कृतिक नृत्य प्रस्तुत गर्दै प्रथम स्थान हासिल गरेको हो । 

यस्तै थारु समुदायका डफु नाच प्रस्तुत गर्दै मोरङ पाथिभरा इङ्लिस स्कुल दोश्रो र थारु समुदायका झुम्रा नृत्य प्रस्तुत गर्दै लिटल फ्लावर्स बोर्डिङ स्कुल तेश्रो भएको छ । 

लेटाङ नगरपालिकाका नगरप्रमुख भूपेन्द्रकुमार लावतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपप्रमुख कृष्णकुमारी निरौला, लेटाङ–३ का वडाध्यक्ष डम्बरबहादुर राई, शिक्षा शाखा प्रमुख कृष्णराज राई, प्याव्सनका पदाधिकारीहरु, विभिन्न विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमका वक्ताहरूले विद्यालय तहबाटै यस्ता कार्यक्रम आयोजना गर्दा विद्यार्थीमा आफ्नो संस्कृतिको ज्ञान हुनुका साथै अन्य समुदायको भाषा र परम्परातर्फ सम्मानभाव अभिवृद्धि हुने बताएका छन् । उनीहरुले प्रतियोगिताले स्थानीय कला–संस्कृतिको संरक्षण र पुस्तान्तरणमा योगदान पु¥याउनेमा समेत जोड दिएका छन् । 

प्रतियोगितामा विजेता हुने विद्यार्थीहरुलाई प्रमुख अतिथि विशिष्टल अतिथि लगायतले ट्रफी र मेडल प्रदान गर्नूभयो । 

 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार