केराबारीः केराबारी गाउँपालिका उपाध्यक्ष तथा अपाङ्गता परिचयपत्र वितरण स्थानीय समन्वय समिति संयोजक मनमाया मगरको अध्यक्षतामा बसेको बैठकमा केराबारीका थप ८ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।
विभिन्न वडाका अपाङ्गता भएका व्यक्तिलाई ती परिचयपत्र वितरण गरिएको हो । जसमा रातो (पूर्ण अशक्त ) १ थान, निलो (अति अशक्त) ६ थान र पँहेलो (मध्यम अशक्त) १ थान अपाङ्गता परिचय पत्र वितरण गरिएको हो ।
केराबारी गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई परिचय–पत्र वितरण सहित बैठक सञ्चालन भएको थियो ।