विराटचोकः विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको १२ वर्षअघिको घटना सार्वजनिक भएपछि आरोपित शिक्षकलाई सिद्धार्थ सेकेण्डरी स्कुलले निलम्बन गरेको छ । सो विद्यालयका भाइस प्रिन्सिपल जीवन पौडेल निलम्बनमा परेका हुन् ।
विद्यालयका सिनियर भाइस प्रिन्सिपल जेबी राईको हस्ताक्षरमा आज जारी भएको विज्ञप्तिमा विद्यालयको तस्बिर र लेटरहेड राखेर बनाइएको नक्कली फेसबुक पेजमार्फत् घटना सार्वजनिक भएकाले अनुसन्धानमा सहज होस् भनेर शिक्षक पौडेललाई निलम्बन गरिएको उल्लेख छ ।