मुख्य समाचार
लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि | रेडस्टार मावि र ऋतम्भरा कलेजमा स्वागत तथा अभिमुखिकरण सम्पन्न, विद्यार्थीसँगै नाचे राजेश हमाल | कोशी प्रदेशका मुख्यमन्त्री र जापानका राजदूत माईडा टोरु बीच भेटवार्ता | विराटनगरमा पाँचौँ विराट सडक महोत्सव हुने, प्रवेश निःशुल्क | मुख्यमन्त्री र जापानी राजदुत लेटाङ आउँदै, पुस्तकालय उद्घाटन गर्ने कार्यक्रम |

लेटाङ नगरपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना (भिडियोसहित)

रेवती रमण निरौला 149+ समाचार ( )
लुम्विनी साँस्कृतिक नगरपालिकाको कार्यालयमा आइतबार आयोजित विशेष समारोहका बिच लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावती र लुम्विनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानले संयुक्तरूपमा १० बुँदे समझदारीपत्रमा हस्ताक्षर गर्दै भगिनी सम्बन्ध स्थापना गर्नुभयो ।
२६ वैशाख २०८२, शुक्रबार

लुम्बिनी । लेटाङ नगरपालिका र भगवान गौतम वुद्धको जन्मस्थल रहेको लुम्विनी साँस्कृतिक नगरपालिकाबीच औपचारिक रूपमा भगिनी सम्बन्ध स्थापना भएको छ । 

भगिनी सम्बन्ध स्थापना गर्नका लागि लेटाङ नगरपालिकाले राखेको प्रस्ताव स्विकार गर्दै  लुम्विनी साँस्कृतिक नगरपालिकाले लेटाङ नगरपालिकालाई निमन्त्रणा गरेपश्चात लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावती र उपप्रमुख कृष्णकुमारी निरौलासहितका जनप्रतिनिधिहरु र कर्मचारीहरुको टोली कार्यक्रममा सहभागी हुन लुम्विनी पुगेको हो । 

लुम्विनी साँस्कृतिक नगरपालिकाको कार्यालयमा आइतबार आयोजित विशेष समारोहका बिच लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावती र लुम्विनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानले संयुक्तरूपमा १० बुँदे समझदारीपत्रमा हस्ताक्षर गर्दै भगिनी सम्बन्ध स्थापना गर्नुभयो । 

कार्यक्रममा लेटाङ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले १० वुँदे समझदारीपत्र वाचन गरेर सुनाउनु भएको थियो । समझदारीपत्रमा लेटाङ नगरपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकामा रहेका मुख्य धार्मिक, साँस्कृतिक, प्राकृतिक  लगायतका पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गर्ने तथा पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने उल्लेख गरिएको छ ।

यसैगरि लेटाङ नगरपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकामा उत्पादित मौलिक वस्तू तथा कृषि उपजहरुलाई एकआपसमा बजारीकरण गर्न सहयोग गर्ने, सिकाई आदान प्रदान गर्दै असल अभ्यासहरुलाई सँस्थागत गर्न सहजिकरण गर्ने, दैविक प्रकोप र प्राकृतिक विपत्तिमा एकआपसमा सहयोग आदान–प्रदान गर्ने लगायतका विषयहरु उल्लेख गरिएको छ । हस्ताक्षरपश्चात दुवै नगरपालिकाका नगर प्रमुखले एक–अर्कालाई समझदारीपत्र हस्तान्तरण गर्नुभयो । 

कार्यक्रममा दुवै नगरपालिकाका नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले एकअर्कालाई माला र टीका लगाइ दिएर मीत्रता गाँसिएको सन्देश दिनुभयो । यसैगरि दुवै नगरपालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र कर्मचारीहरुले एकअर्कालाई माला र टिका लगाएर आत्मियता साटासाट गरेका थिए । 

कार्यक्रममा बोल्दै लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले सँस्थागत सम्वन्धहरुले धेरै अर्थ राख्ने र महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भौतिक विकासलाई मात्र विकास मान्ने गरिएको भन्दै भावना जोड्ने, मन जोड्ने, सँस्कार जोड्ने र मान्यता जोड्ने कुराहरुलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले भौतिक विकास अस्थायी कुराहरु रहेकाले सँस्कार र सँस्कृतिको विकास स्थायी र अर्थपूर्ण हुने बताउनुभयो ।   

कार्यक्रममा बोल्दै लुम्विनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानले दुइ नगरपालिकाबीचको भगिनी सम्बन्ध सदासदाको लागि कायम रहने बताउनुभयो । उहाँले भगीनी सम्बन्ध दुवै नगरपालिकाका लागि फलदायी रहने भन्दै खुशी व्यक्त गर्नुभयो । 

कार्यक्रममा लेटाङ नगरपालिकाका नगर उपप्रमुख कृष्णकुमारी निरौलाले लेटाङ नगरपालिकाको संक्षिप्त परिचय दिनुभयो । उहाँले खासगरि लेटाङको भौगोलिक अवस्थिति, पर्यटकीय क्षेत्रहरु, साँस्कृतिक पक्षहरु र कृषि उत्पादन लगायतका विषयमा जानकारी गराउनुभयो । 

कार्यक्रममा लुम्विनी साँस्कृतिक नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले मन्तव्य राख्दै लेटाङ नगरपालिकाको टोलीलाई स्वागत गर्नुभयो । उहाँले बुद्धलाई विश्वले चिनिरहँदा कतिपय नेपालीले नै नचिनिरहेको अवस्था रहेको भन्दै जीवनकालमा एकपटक लुम्बिनी टेक्ने वातावरण बनाउनु पर्ने बताउनुभयो ।  

भगिनी सम्वन्ध स्थापनाको अवसरमा लेटाङ नगरपालिकाले लेटाङका पर्यटकीयस्थलहरुको फोटो अंकित मायाको चिनो प्रदान गरेको थियो भने लुम्विनी साँस्कृतिक नगरपालिकाले वुद्ध सर्किटको तस्विर र भगवान गौतम वुद्धको मूर्ती प्रदान गरेको थियो । यसैगरि  भगिनी सम्वन्ध स्थापनाको अवसरमा लुम्विनी साँस्कृतिक नगरपालिका परिसरमा वृक्षारोपण समेत गरिएको छ । दुवै नगरपालिकाका नगरप्रमुख र उपप्रमुखले गमलामा स्वामीको विरुवा रोप्दै दुवै नगरपालिकाको सम्बन्ध वृक्ष झैँ झाँगिदै जाने सन्देश दिनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार