मुख्य समाचार
अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान | लेटाङमा ३९० घण्टे सीपमूलक प्राविधिक तालिम सुरु | “लेटाङ रन” को तेश्रो संस्कारण माघ १ गते हुने / करिव ८ सय धावक सहभागी हुँदै (भिडियोसहित) | लेटाङ एडभान्स हस्पिटलको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न / २९२ जनाले लिए सेवा / १० जेष्ठ नागरिकलाई विशेष सम्मान | सुन्दरहरैंचामा दोस्रो उपमेयर कप अन्तर–पालिका महिला भलिबल प्रतियोगिता हुने |

नगरपालिकामा भएको घटाप्रति एमाले बेलबारीको आपत्ति, सेवा प्रवाहमा बाधा पुर्याएको ठहर

मोरङ खबर 405+ समाचार ( )
१४ असार २०८२, शनिबार

बेलबारी । बेलबारी नगरपालिकामा बिहीबार भएको घटनाप्रति नेकपा (एमाले) बेलबारी नगर कमिटीले गम्भीर आपत्ति जनाएको छ । नगरपालिकाको लेखा शाखासँग सम्बन्धित विवाद समाधानका लागि छलफल र संवादको बाटो रोज्नुपर्नेमा अराजक शैली अपनाइएको भन्दै एमालेले कडा प्रतिक्रिया जनाएको हो ।

नेकपा एमाले बेलबारी नगर कमिटीले प्रेस विज्ञप्ति जारी गर्दै नगर प्रमुख दिल प्रसाद राईमाथि गरिएको अभद्र व्यवहार र कार्यालयका अन्य कर्मचारीहरूप्रति देखाइएको धाकधम्कीपूर्ण व्यवहारको कडा शब्दमा भर्त्सना गरेको छ ।

नगरपालिकाको लेखा विवादका सम्बन्धमा छलफल गर्ने नाममा जनताको हवला दिँदै कार्यालय प्रवेश गरेको एक समूहले प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारीहरूप्रति दुव्र्यवहार गर्नुका साथै काठ र काँटी ठोक्दै जबरजस्ती तालाबन्दी गर्ने जस्ता गैरजिम्मेवार र अराजक गतिविधि गरेको विज्ञप्तिमा उल्लेख छ ।

नगर प्रमुख राईले शान्तिपूर्ण र प्रक्रियागत तरिकाबाट संवाद गर्न अनुरोध गर्दा समेत समूहले नगर प्रमुखमाथि समेत अभद्र व्यवहार देखाएको भन्दै एमालेले असन्तुष्टि व्यक्त गरेको छ ।

‘जनसरोकारका विषयमा छलफल गर्न पूर्व जानकारी दिनु सामान्य लोकतान्त्रिक आचरण हो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर पूर्व सूचना नदिई, प्रक्रियागत बाटो नअपनाई यस्ता अराजक गतिविधि गर्नु लोकतान्त्रिक मूल्य र मान्यताको घोर उल्लंघन हो ।’

हाल नगरपालिका नयाँ बजेट निर्माण र चालु आर्थिक वर्षको योजनाहरू कार्यान्वयनको अन्तिम चरणमा रहेको सन्दर्भमा यस्तो गतिविधिले सेवा प्रवाहमा बाधा पुर्याएको नेकपा एमालेको ठहर छ ।

नगर कमिटी अध्यक्ष शंकर गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाको घोर भत्र्सना गर्दै यस्ता गैरजिम्मेवार र अवाञ्छित गतिविधि दोहोरिन नदिन सम्बन्धित पक्षहरूलाई सचेत गराइएको छ । साथै, कर्मचारीहरूले सुरक्षित र सहज वातावरणमा आफ्नो कर्तव्य निर्वाह गर्न सकुन् र नगरपालिका जनअपेक्षाअनुसार सुशासनमुखी कार्य सञ्चालन गर्न सकोस् भन्ने दृढता व्यक्त गरिएको छ । 

 पढ्नुहोस् विज्ञप्ती :

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार