मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |
मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

क्रिकेटतर्फको उपाधि लेटाङ अस्पताललाई
लेटाङ खेलकुद महोत्सव : फुटबलको फाइनल र म्याराथन बाहेक सबै खेल सम्पन्न (यी हुन् विजेताहरु)

रेवती रमण निरौला 160+ समाचार ( )
फुटबलतर्फ लेटाङ–८ तेश्रो
६ फाल्गुन २०८१, मङ्गलबार


लेटाङ । लेटाङ खेलकुद महोत्सव २०८१ अन्तरगत मंगलबारसम्ममा फुटबलको फाइनल खेल र १३ वर्ष मुनिको म्याराथनबाहेक सबै खेल सम्पन्न भएका छन् । मंगलबार पुरुष भलिवल, महिला भलिवल र क्रिकेटको पहिलो दोश्रो र तेश्रो टोलीको छिनोफानो भएको छ । 

पुरुष भलिवलतर्फ वडा नम्बर ७ प्रथम, वडा नम्बर १ दोश्रो र वडा नम्बर ६ तेश्रो भएका छन् । यस्तै महिला भलिवलतर्फ वडा नम्बर ७ प्रथम, वडा नम्बर ९ दोश्रो र वडा नम्बर ५ तेश्रो भएका छन् । यसैगरि क्रिकेटमा लेटाङ अस्पताल प्रथम, राजारानी क्रिकेट क्लव दोश्रो र कीर्तिमान तेश्रो भएका छन् । 

मंगलबार नै सम्पन्न भएको बाघचाल खेलमा लेटाङ ४ का रामकुमार श्रेष्ठ प्रथम, लेटाङ ६ का चन्द्रकुमार श्रेष्ठ दोश्रो, लेटाङ ३ का पर्वतमान राई तेश्रो र लेटाङ ४ का ९१ वर्षिय दुर्गाबहादुर श्रेष्ठ चौथो भएका छन् । 

यसअघि हिजो सोमबार भएको व्याडमिन्टन खेलमा ए डिभिजनतर्फ लेटाङ ८ का राजधन राई र लेटाङ ४ का निर्मलसागर राईको जोडी प्रथम तथा लेटाङ ५ का कृष्णराज राई र लेटाङ ४ का विष्णु मगरको जोडी दोश्रो भएका थिए । 

यसैगरि सोमबार नै भएको व्याडमिन्टनको वी डिभिजनतर्फ लेटाङ ६ का विकास अधिकारी र लेटाङ ९ की लिला तुम्साको जोडी प्रथम तथा लेटाङ ३ का मञ्जित खनाल र लेटाङ ५ का सन्तोष श्रेष्ठको जोडी दोश्रो भए । 

लेटाङ खेलकुद महोत्सव अन्तरगत सोमबार नै सम्पन्न टेबल टेनिस खेलमा लेटाङ ४ का युवराज लावती प्रथम, लेटाङ ३ का नरबहादुर गुरुङ दोश्रो र लेटाङ ८ का आयुस चेम्जोङ तेश्रो भएका थिए ।   

यसैगरि आइतबार भएको चेस प्रतियोगितामा लेटाङ ८ जाँतेका युयिनक गौतम प्रथम लेटाङ ४ का चन्द्रकान्त तामाङ दोश्रो र लेटाङ ५ का भक्तबहादुर खड्का तेश्रो भएका थिए । 

खेलकुद महोत्सव अन्तरगत भोलि बुधबार विहान ८ बजे १३ वर्ष मुनिको ३ किलोमिटर म्यारथन प्रतियोगिता सञ्चालन हुँदैछ । म्याराथन लेटाङ बजार पुछारको गंगे चौकदेखि फायरलाइनसम्म हुनेछ । 

फुटबलको फाइनल खेल भने जनसेवा खेल मैदानमा भोलि बुधबार समापन समारोह अघि १२ बजे हुनेछ । फाइनलमा लेटाङ ३ र लेटाङ ६ भीड्दैछन् । फुटबलको फाइनल खेलपश्चात भोलि नै हुने लेटाङ खेलकुद महोत्सवको समापन समारोहमा विजेताहरुलाई ट्रफि तथा पुरस्कार प्रदान गरिनेछ ।  

क्रिकेटतर्फको उपाधि लेटाङ अस्पताललाई  

लेटाङ खेलकुद महोत्सव अन्तरगत क्रिकेटतर्फको उपाधि लेटाङ अस्पतालले जितेको छ । आज मंगलबार बुद्ध रंगशालामा भएको फाइनल खेलमा राजारानी क्रिकेट क्लवलाई ६ विकेटले पराजित गर्दै लेटाङ अस्पतालले उपाधि जितेको हो । 

राजारानी क्रिकेट क्लवले पहिले व्यटिङ गर्दै पुरा ओभर खेलेर ९ विकेटको क्षतिमा १ सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफि व्याटिङ गर्दै १ सय ३६ रनको लक्ष्य पछ्याएको लेटाङ अस्पतालले १७ दशमलव २ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै उपाधि जितेको हो । 

यसअघि तेश्रो स्थाका लागि भएको खेलमा कीर्तिमान विजयी भएको छ । चिसाङ वारियर्सलाई ६ विकेटले पराजित गर्दै कीर्तिमान तेश्रो भएको हो । पहिले व्याटिङ गरेको चिसाङले १५ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय ३६ रन जोडेको थियो ।

१ सय ३७ रनको लक्ष्य सहित जवाफि व्याटिङ गरेको कीर्तिमानले १६ दशमलव १ ओभरमा मात्र ४ विकेटको क्षतिमा लक्ष्य पुरा गरेसँगै ६ विकेटको जित हात पारेको हो ।

क्रिकेटतर्फ प्रथम हुने टीमले ४० हजार, दोश्रोले २७ हजार र तेश्रोले १३ हजार ५ सय पुरस्कार पाउनेछन् । लेटाङ खेलकुद महोत्सव अन्तरगत क्रिकेट प्रतियोगितामा ५ वटा टीम सहभागी थिए ।  

फुटबलतर्फ लेटाङ–८ तेश्रो 

लेटाङ खेलकुद महोत्सव अन्तरगत पुरुष फुटबलतर्फ लेटाङ ८ तेश्रो भएको छ । तेश्रो स्थानका लागि आज मंगलबार भएको खेलमा वडा नम्बर २ लाई ३–० ले पराजित गर्दै वडा नम्बर ८ विजयी भएको हो ।

लेटाङ ८ को जितका लागि जर्सी नम्बर ७ का खेलाडी सन्देश राई नायक बने । उनले ह्याट्रक गर्दै आफ्नो टीमलाई जित दिलाएका हुन् । सन्देशले पहिलो हाफमा १ गोल गरेकामा दोश्रो आफमा थप २ गोल गर्दै वडा नम्बर ८ लाई ३–० को जित दिलाएका हुन् । 

लेटाङ खेलकुद महोत्सव अन्तरगत फुटबलतर्फ वडा नम्बर ७ बाहेक ८ वटा वडाका टोलीले प्रतिस्पर्धा गरेका थिए । भोलि हुने फाइनलमा उपाधिका लागि वडा नम्बर ३ र ६ प्रतिस्पर्धा गर्दैछन् । फुटबलतर्फ प्रथम हुने टीमले ५० हजार, दोश्रोले ३० हजार र तेश्रोले २० हजार पुरस्कार पाउनेछन् । 

भलिवलतर्फको दुवै (पुरुष / महिला) उपाधि लेटाङ ७ को पोल्टामा

लेटाङ । लेटाङ खेलकुद महोत्सव अन्तरगत भलिवल खेलमा पुरुष र महिला दुवैतर्फको उपाधि लेटाङ ७ ले जितेको छ । आज मंगलबार लेटाङ भलिवल क्लवको कोर्टमा सम्पन्न भलिबलको पुरुष र महिलातर्फका फाइनल खेलमा विजयी हुँदै वडा नम्बर ७ ले दुवै उपाधिमा कब्जा जमाएको हो । 

पुरुषतर्फको फाइनल खेलमा वडा नम्बर १ लाई ३–२ ले पराजित गर्दै वडा नम्बर ७ ले उपाधि जितेको हो । वेष्टअप फाइभमा खेलाइएको खेलमा पहिलो सेटमा वडा नम्बर ७, दोश्रो सेटमा वडा नम्बर १, तेश्रो सेटमा वडा नम्बर ७ र चौथो सेट वडा नम्बर १ ले जितेपछि भएको पाँचौँ सेटको खेलमा वडा नम्बर ७ ले जित निकाल्दै उपाधिमा कब्जा जमाएको हो । 

यसैगरि आजै तेश्रो स्थानका लागि भएको खेलमा वडा नम्बर ६ विजयी भएको छ । वडा नम्बर ८ लाई ३–२ को सेटमा पराजित गर्दै वडा नम्बर ६ ले तेश्रो स्थान हासिल गरेको हो ।      

यसैगरि लेटाङ खेलकुद महोत्सव अन्तरगत आज मंगलबार सम्पन्न महिला भलिवलतर्फको खेलमा वडा नम्बर ९ लाई ३–१ को सेटमा पराजित गर्दै वडा नम्बर ७ ले उपाधि जितेको छ । 

पहिलो सेटमा वडा नम्बर ७ तथा दोश्रोमा वडा नम्बर ९ विजयी भएकोमा तेश्रो र चौथो सेट लगातार जित्दै वडा नम्बर ७ च्याम्पियन बनेको हो । यसैगरि महिला भलिवलतर्फ आजै तेश्रो स्थानका लागि भएको खेलमा वडा नम्बर ३ लाई ३–१ ले पराजित गर्दै वडा नम्बर ५ विजयी भएको छ । 

पुरुष र महिला भलिवलतर्फ प्रथम हुने टीमले ट्रफिसहित नगद ४० हजार, दोश्रोले २७ हजार र तेश्रोले १३ हजार ५ सय पुरस्कार पाउनेछन् । भोलि बुधबार जनसेवा खेल मैदानमा हुने समापन समारोहमा पुरस्कार वितरण गरिनेछ । महिला भलिवलतर्फ ९ वटै वडाले सहभागिता जनाएका थिए । 

 बाघचालमा लेटाङ–४ का रामकुमार श्रेष्ठ च्याम्पियन

लेटाङ । लेटाङ खेलकुद महोत्सव अन्तरगत मंगलबार सम्पन्न बाघचाल प्रतियोगितामा लेटाङ–४ का रामकुमार श्रेष्ठ च्याम्पियन बनेका छन् । नगरपालिकामै पहिलोपटक परम्परागत बाघचाल खेलको प्रतियोगिता सञ्चालन गरिएकोमा लेटाङ ५ का चन्द्रकुमार श्रेष्ठलाई २–० को सोझो सेटमा पराजित गर्दै रामकुमार श्रेष्ठ च्याम्पियन बनेका हुन् । 

रामकुमार श्रेष्ठसँग पराजित भएका लेटाङ ६ का चन्द्रकुमार श्रेष्ठ दोश्रो भए भने लेटाङ ३ का पर्वतमान राई तेश्रो भएका छन् । ७७ वर्षिय राईले लेटाङ ४ का ९१ वर्षिय दुर्गाबहादुर श्रेष्ठलाई २–० को सोझो सेटमा पराजित गर्दै तेश्रो स्थान हासिल गरेका हुन् । प्रतियोगितमा जम्मा २२ जना खेलाडीले सहभागीताका लागि नाम दर्ता गरेकामा ३ जना अनुपस्थित रहेको बाघचाल खेलका फोकल पर्सन नेत्र चुडालले जानकारी दिनुभयो । 

प्रतियोगितामा कक्षा १२ मा अध्ययनरत २० वर्षिय युवादेखि ९१ वर्षका जेष्ठ नागरिकले समेत सहभागीता जनाएका थिए । बाघचाल खेलको संरक्षण तथा विकास गर्नका लागि नगरपालिकाले खेलकुद महोत्सवमा सो खेल समावेश गरि प्रतियोगिता सञ्चालन गरेको हो । 

बाघचालमा प्रथम हुनेले ट्रफिसहित नगद ८ हजार, दोश्रो हुनेले ५ हजार र तेश्रो हुनेले ३ हजार पुरस्कार पाउनेछन् । भोलि बुधबार जनसेवा खेल मैदानमा हुने समापन समारोहमा पुरस्कार वितरण गरिनेछ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार