मुख्य समाचार
चौतर्फी विरोधपछि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नगर्ने सरकारको निर्णय | धार्मिक विषयलाई लिएर जानकी मन्दिर परिसरबाट लखेटिए श्रम संस्कृतिका कार्यकर्ता | कीर्तिपुरमा आगो लागेको कारबाट निकालियो एक जनाको शव | हजार रुपैयाँ बढ्यो सुनको दाम, चाँदीको ५० रुपैयाँ | बिल लिनेमध्ये १ जनालाई प्रत्येक दिन १ लाख र १५ दिनको फरकमा १ जनालाई १० लाख पुरस्कार दिने सरकारको घोषणा | गत २४ घण्टामा झापाको अनारमनीमा १०८.६ मिलिमिटर वर्षा, पछिल्लो १ घण्टामा झापाको बाहुनडाँगीमा १७.६ मिलिमिटर वर्षा | विश्व आदर्श एकेडेमीको नाट्य महोत्सवमा ‘पापशाला’ मञ्चन | विश्वकप फुटबलमा स्पेन विश्वविजेता बन्दा इराक पुछारमा, यस्तो छ अन्तिम वरीयता | भारतको कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आइपुग्यो मालवाहक रेल | लैङ्गिक उत्तरदायी बजेट : सुधार्दै कोशी प्रदेश सरकार |

विश्व आदर्श एकेडेमीको नाट्य महोत्सवमा ‘पापशाला’ मञ्चन

मोरङ खबर 417+ समाचार ( )
५ श्रावण २०८३, मङ्गलबार

इटहरीः चर्चित नाटक ‘पापशाला’ को सफल मञ्चन गर्दै विश्व आदर्श एकेडेमीले आफ्नो वार्षिक नाट्य महोत्सव मनाएको छ । इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा साउन ३ र ४ गते नाथ मञ्चन गरिएको थियो ।

तीन हजारभन्दा बढी दर्शकको उल्लेखनीय उपस्थिति रहेको बताइएको महोत्सव विश्व आदर्श कलेजको आयोजना तथा साहित्यिक संस्था ‘लाभा’ को समन्वयमा भएको थियो । सो महोत्सवमा कलेजका पूर्वविद्यार्थी कलाकारहरूले सशक्त अभिनय गरेका थिए ।

नाटक मञ्चनको पहिलो चरण विद्यार्थी तथा शिक्षकका लागि आयोजना गरिएको थियो । दोस्रो चरण इटहरीका विभिन्न शैक्षिक संस्थाका प्राचार्य, शिक्षक, साहित्यकार, नाट्यकर्मी, अभिभावक र सर्वसाधारण दर्शकका लागि मञ्चन गरिएको आयोजकले जनाएको छ ।

नैतिकता, अपराधबोध, आत्मस्वीकार र मानवीय द्वन्द्वलाई प्रभावशाली ढङ्गले प्रस्तुत गरिएको नाटकले मनोरञ्जनसँगै जीवनप्रतिको गहिरो सन्देश दिएको भन्दै दर्शकहरूले खुलेर प्रशंसा गरेका थिए ।

‘पापशाला’ नाटक फ्रान्सेली दार्शनिक तथा साहित्यकार जाँ–पल सात्र्रको चर्चित कृतिबाट रूपान्तरण गरिएको नाटक हो । यसलाई सुगम दुलालले नेपाली परिवेशअनुकूल रूपान्तरण गरेका थिए भने निर्देशन प्रज्ज्वल दुलालले गरेका थिए । कर्भिका पोखरेल क्रिएटिभ डाइरेक्टर रहेको नाटकमा सुगम दुलाल, प्रज्ज्वल दुलाल, अविन ठटाल, लुमन्ती महर्जन र सुरभी प्याकुरेलले अभिनय गर्नुभएको थियो । संगीत संयोजन संगीत विश्वकर्माले गर्नुभएको थियो ।

एकेडेमीका प्राचार्य गणेश दुलालले इटहरीलाई साहित्य, कला र रंगमञ्चको उर्वर भूमि बनाउने लक्ष्यसहित वार्षिक नाट्य महोत्सवलाई निरन्तरता दिइने बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार