मासिक १ लाखसम्म आम्दानी, फिसिङसँगै ‘फर्म स्टे’को तयारी (भिडियोसहित)
हर्डनको साथ पाएपछि माछापालनमा जम्दै सतिसालेका शेरबहादुर

Morang Khabar 1+ समाचार ( )
२४ भाद्र २०८३, बुधवार

केराबारी । कोरियामा पाँच समय बिताएर स्वदेश फर्किएका मोरङको केराबारी गाउँपालिका–५, सतिसालेका शेरबहादुर लिम्बूले नेपालमै केही गर्ने अठोट लिए । कोरियामा कमाएको पैसा लिएर फर्किएका उनले सुरुमा बंगुरपालन गर्ने योजना बनाएका थिए । तर आफूले खरिद गरेको जमिनमै पानीको मुहान देखेपछि उनले माछापालन थाले । माछापालन सँगै उनले कुखुरा र वाख्रा पनि पाले  

त्यही सोचले करिब ६ वर्षअघि सुरु भएको उनको सतिसाले कृषि फर्म अहिले माछापालनसँगै फिसिङ गर्ने र माछाको स्वाद लिने भरपर्दो गन्तव्य बनेको छ । 

माछापालन सुरु गरेको पहिलो चार वर्ष लिम्बूका लागि संघर्षमै बित्यो ।  लगानी थियो, मेहनत थियो, तर व्यवसायलाई कसरी व्यवस्थित गर्ने, लागत घटाउने, बजार विस्तार गर्ने र नाफामुखी बनाउने भन्ने पर्याप्त ज्ञान थिएन । अपेक्षाअनुसार आम्दानी हुन नसक्दा व्यवसायबाट प्राप्त प्रतिफल निकै न्यून थियो ।

करिब दुई वर्षअघि भने उनको व्यवसायमा नयाँ मोड आयो । उत्तरी मोरङ ग्रामीण विकास संस्था हर्डनसँग जोडिएपछि उनले उद्यमशीलता तालिम लिने अवसर पाए । व्यवसाय सफल बनाउन आवश्यक ज्ञान र सीपसम्बन्धी तालिम लिएपछि उनले आफूले गर्दै आएको व्यवसायलाई नयाँ ढंगले अघि बढाउन थाले । 

त्यससँगै हर्डनबाट सहुलियतपूर्ण ऋण समेत पाए । तालिमबाट प्राप्त ज्ञान र सहुलियतपूर्ण ऋणलाई व्यवसायमा लगानी गरेपछि फर्मको व्यवस्थापन, उत्पादन र बजारमा सुधार आउन थालेको लिम्बू बताउँछन् ।

“पहिले माछा पालिरहेको थिएँ, तर व्यवसाय कसरी चलाउने भन्ने कुरा राम्रोसँग थाहा थिएन,” लिम्बू भन्छन्, “हर्डनले उद्यमशीलताको तालिम दिएपछि व्यवसायलाई कसरी व्यवस्थित गर्ने भन्ने ज्ञान भयो । सहुलियत ऋण पाएपछि आवश्यक लगानी गर्न पनि सजिलो भयो । त्यसपछि व्यवसाय राम्रो हुँदै गयो ।”

लिम्बूका लागि हर्डनको सहयोग केवल ऋणमा सीमित रहेन । तालिमबाट प्राप्त व्यवसाय सञ्चालनसम्बन्धी ज्ञान र त्यसपछि प्राप्त वित्तीय सहयोगले उनको व्यवसायलाई आत्मनिर्भरतातर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको उनी बताउँछन् ।

सुरुमा माछापालनसँगै कुखुरा र बाख्रा पनि पाल्ने गरेका लिम्बूले माछापालन राम्रो हुँदै गएपछि अन्य व्यवसाय छाडे । अहिले उनको मुख्य ध्यान माछापालनमै केन्द्रित छ । उनले उत्पादन गरेको माछा विक्रीका लागि कतै लैजानु परेको छैन । फिसिङ गर्न आउने र ताजा माछाको स्वादका पारखीहरु माछाका परिकार खान उनको फर्म भिड लाग्ने गर्दछ । 

हाल सतिसाले कृषि फर्मबाट मासिक करिब तीन लाख रुपैयाँको कारोबार हुने गरेको लिम्बू बताउँछन् । माछा बिक्री र फिसिङ सेवाबाट हुने कारोबारमध्ये दाना, श्रम, व्यवस्थापनलगायत खर्च कटाएर मासिक करिब एक लाख रुपैयाँ आम्दानी हुने गरेको उनको भनाइ छ ।

फर्ममा जग्गासहित एक करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । कोरियामा कमाएको रकमलाई स्वदेश फर्किएपछि व्यवसायमा लगानी गरेका उनले व्यवसाय विस्तारका लागि थप ऋणसमेत लिएका छन् ।

उनको अनुभवमा व्यवसायमा लगानीसँगै सही ज्ञान र व्यवस्थापनको पनि उत्तिकै महत्व छ । यही कारण हर्डनबाट प्राप्त तालिमलाई उनी आफ्नो व्यवसायको महत्वपूर्ण मोडका रूपमा लिन्छन् ।

सतिसाले कृषि फर्मको आकर्षण माछाको उत्पादन र बिक्रीमा मात्र सीमित छैन । यहाँ ग्राहक आफैं पोखरीमा बल्छी खेलेर माछा मार्न सक्छन् । करिब दुई वर्षदेखि फर्ममा फिसिङको व्यवस्था गरिएको छ । बाँसको रड प्रयोग गरेर माछा मार्न १५० रुपैयाँ, फलामको साधारण रडका लागि २०० रुपैयाँ र स्प्रिङ भएको रडका लागि २५० रुपैयाँ शुल्क लिने गरिएको छ । ग्राहकले पाँच घण्टासम्म माछा मार्न पाउँछन् र आफूले मारेका माछा निःशुल्क लैजान सक्छन् ।

यस सुविधाका कारण धरानलगायत आसपासका क्षेत्रबाट ग्राहकहरू फर्ममा आउने गरेका छन् । पोखरीबाट भर्खरै निकालिएको ताजा–ताजा माछा खान पाइने भएकाले पनि ग्राहकको आकर्षण बढेको लिम्बू बताउँछन् ।

केराबारी–५, सतिसालेको सिमसार क्षेत्रमा रहेको उनको फर्ममा पानीको प्राकृतिक स्रोतसमेत उपलब्ध छ । पोखरीमै पानीको मुहान भएकाले माछापालनका लागि आवश्यक पानी व्यवस्थापन गर्न सहज भएको लिम्बू बताउँछन् ।

फर्मका पोखरीमा ग्रास कार्प, कमन कार्प, रहु, नैनीलगायत विभिन्न जातका माछा पालिएका छन् । माछालाई रेडिमेड दानाका साथै आफैंले तयार गरेको दाना पनि खुवाउने गरिएको छ । प्राकृतिक स्रोतको उपयोग र व्यवस्थित व्यवस्थापनले उत्पादनलाई निरन्तरता दिन सहयोग पुगेको उनको भनाइ छ ।

लिम्बूले व्यवसाय सञ्चालनका क्रममा केराबारी गाउँपालिकाबाट पनि थोरै भएपनि सहयोग पाएका छन् । गाउँपालिकाबाट चापकटरलगायत केही साना प्रविधि अनुदानमा प्राप्त भएको उनले बताए । कोशी प्रदेश सरकारले साना किसानमार्फत ब्याज अनुदान दिने व्यवस्था गरेको भए पनि आफूले त्यसको सुविधा भने प्राप्त गर्न नसकेको उनको गुनासो छ ।

अब ‘सतिसाले कृषि फर्म’मा बस्न पनि पाइने

माछापालनबाट राम्रो सम्भावना देखेपछि लिम्बू अब व्यवसायलाई कृषि पर्यटनसँग जोड्ने तयारीमा छन् । सतिसाले कृषि फर्मलाई ‘फर्म स्टे’का रूपमा विकास गर्ने योजना उनले अघि सारेका छन् । फर्ममा आउने ग्राहकले माछा मार्ने, ताजा माछा खानेसँगै रातसमेत बिताउन सक्ने गरि फर्मस्टेको तयारी थालेको उनको भनाइ छ । करिब १५ जनासम्म बस्न सक्ने गरी संरचना निर्माण गर्ने लिम्बूको योजना छ । 

परिवार वा साथीभाइसँग फर्ममा आएर पहाडी ग्रामीण वातावरणको अनुभव गर्ने, पोखरीमा फिसिङ गर्ने, आफैंले माछा मार्ने र त्यही ताजा माछाको स्वाद लिने वातावरण बनाउने उनको योजना छ ।

विदेशमा कमाएको रकम स्वदेशमै लगानी गरेका लिम्बूका लागि हर्डनको सहयोग व्यवसाय विस्तार गर्ने एउटा महत्वपूर्ण आधार बनेको छ । आफ्नो माटोमा सम्भावना खोजिरहेका उनलाई तालिमले बाटो देखायो, सहुलियतपूर्ण ऋणले लगानी गर्ने आधार दियो र निरन्तर मेहनतले व्यवसायलाई अघि बढाइरहेको छ ।

अब उनको लक्ष्य माछा बेचेर मात्र रोकिने छैन । सतिसाले कृषि फर्मलाई उत्पादन, फिसिङ र फर्म स्टे जोडिएको कृषि पर्यटनको नमुना गन्तव्य बनाउने उनको सपना छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

Halley Byles ५ कार्तिक २०८३, बुधवार

Hello morangkhabar.com Admin! I almost didn’t share this… because honestly, it feels like cheating. But after using it for the past few weeks, I’m publishing 3x more videos—with zero camera time, zero voice recording, and almost zero editing. Here’s what happened: I pasted a 60-second script → got a finished vertical video in under 5 minutes Turned an old blog post into a YouTube Short without filming a single frame Added AI voiceovers that sound scarily human (my audience thought I recorded them myself) Auto-generated animated subtitles that boost watch time like crazy And the best part? You don’t need any skills. If you can type, you can make pro-level reels. 👉 See it in action (free, no card): https://fliki.ai/?via=BigTicket-Commissions ⚠️ Warning: Once you try this, you’ll wonder how you ever edited videos the old way. P.S. The free plan gives you 5 minutes/month—enough to make 3–5 short videos and test the magic yourself. Don’t sleep on this. Your future self (and your algorithm) will thank you. — [Your Bro]

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार