मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

वर्षाअघि नै बाढीको जोखिम न्यूनिकरणको तयारीमा लेटाङ नगरपालिका (भिडियोसहित)

रेवती रमण निरौला 160+ समाचार ( )
२७ चैत्र २०८०, मङ्गलबार

लेटाङ । लेटाङ नगरपालिकाले वर्षायाममा खोलाबाट हुनसक्ने जोखिम न्यूनिकरणका लागि तयारी थालेको छ । वर्षायाममा खोलाको बाढीले कटान गर्न थालेपछि रोकथाम गर्ने तिर लाग्नु भन्दा समय छँदै जोखिम न्यूनिकरण गर्दा उपयुक्त हुन्छ भन्ने ठहर गर्दै नगरपालिकाले जोखिम न्यूनिकरणका लागि तयारी थालेको हो । 

स्थानीय नगरवासीहरुको समेत गुनाशो आएपछि लेटाङ नगर प्रमुख भूपेन्द्र कुमार लावतीले चिसाङ खोलाका विभिन्न जोखिम क्षेत्रहरुको अवलोकन गरि सरोकारवालाहरुसँग छलफल गर्नु भएको छ । नगरपालिकाको आफ्नै श्रोतबाट मात्र खोलाको जोखिम न्यूनिकरण गर्न संभव नरहेको भन्दै उहाँले तत्कालिन रोकथाममा नगरपालिकाले लगानी गर्ने तथा दीर्घकालिन समाधानका लागि प्रदेश सरकारसमक्ष पहल गर्ने योजनाका साथ जोखिम स्थानहरुको अवलोकन गरिएको बताउनु भएको छ ।

नगर प्रमुख भूपेन्द्र कुमार लावती, नगरपालिकाका इञ्जिनियर भानुभक्त राई र सञ्चारकर्मीसहितको टोलीले जोखिममा रहेको लोखरा पैनीको मुहान र मदन भण्डारी राजमार्ग दक्षिण खोला पश्चिम तर्फको बाँधको अनुगमन गरेको हो ।  

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार