मुख्य समाचार
भोजपुरमा तीन रोपनीमा लगाइएको गाँजा खेती प्रहरीद्वारा नष्ट | विवरण अद्यावधिक नगरेका कम्पनीले असोज मसान्तभित्र विवरण बुझाए जरिवाना र शुल्क मिनाहा हुने | लियो डिस्ट्रिक्ट ३२५ सी नेपालको प्रशिक्षण सम्पन्न | कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा गरियो सेना परिचालन | नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भयो उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन हुने | आज पनि बढ्यो सुनचाँदीको मूल्य | सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने |

विवरण अद्यावधिक नगरेका कम्पनीले असोज मसान्तभित्र विवरण बुझाए जरिवाना र शुल्क मिनाहा हुने

मोरङ खबर 488+ समाचार ( )
११ श्रावण २०८३, सोमबार

लेटाङ ।  सरकारले कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका तर लामो समयदेखि विवरण अद्यावधिक नगरेका र जरिवाना तिर्न बाँकी रहेका कम्पनीहरूको जरिवाना र शुल्क मिनाहा गर्ने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले एक सूचना जारी गर्दै कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा हुने जनाएको हो ।

कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार, आर्थिक विधेयक २०८३ को दफा ४८ को व्यवस्था बमोजिम कम्पनीहरूले कानुनले तोकेको म्यादभित्र विवरण पेश नगरेको वा शुल्क तथा जरिवाना दाखिला नगरेको भए तापनि अहिले निश्चित प्रक्रिया पूरा गरेमा त्यस्ता सबै जरिवाना मिनाहा हुनेछ । जुनसुकै कम्पनीले आफ्नो व्यवसाय जारी राख्न चाहेमा वा दर्ता खारेज गर्न चाहेमा आर्थिक वर्ष २०८२।०८३ को लागि कानुन बमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण पेश गर्नुपर्नेछ ।

यस्तो विवरण र शुल्क आगामी २०८३ साल असोज मसान्तभित्र बुझाइसक्नुपर्ने छ । यदि कुनै कम्पनीले आगामी असोज मसान्तभित्र आव २०८२।८३ सम्मको विवरण र शुल्क बुझाएमा, सोभन्दा अघिका वर्षहरूको लाग्न बाँकी सम्पूर्ण कर, शुल्क, दस्तुर तथा जरिवाना पूर्ण रूपमा मिनाहा हुने कार्यालयले जनाएको छ ।

यो व्यवस्थाले तोकिएको समयमा वार्षिक विवरण नबुझाएका र समयमा लेखापरीक्षण प्रतिवेदन पेश नगरेका कम्पनीका लागि ठूलो राहत हुनेछ । अहिले धेरैजसो जरिवानाका कारण कम्पनी सञ्चालन वा खारेजी प्रक्रियामा समस्या भोगिरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार