लेटाङ । पछिल्लो समय प्रहरी प्रशासनले सीसी क्यामेरालाई अपराध अनुसन्धानमा महत्वका साथ प्रयोग गर्दै आएको छ । अपराधिसम्म पुग्न सबैभन्दा भरपर्दो र छिटो प्रविधिका रुपमा प्रहरीले सीसी क्यामेरालाई प्रयोग गर्दै आएको छ । स्थानीय पालिकाहरुले पनि सुरक्षा निगरानी गर्न र पालिकामा शान्ति सुरक्षा कायम गराउन भन्दै ठूलो धनराशी खर्च गरि सीसी क्यामेर जडान गर्ने गरेका छन् । सोही अनुशार लेटाङ नगरपालिकाले समेत लेटाङ बजार र आसपासका क्षेत्रमा गरि ३४ वटा सीसी क्यामेर जडान गरेको छ । तर यसरी जडान गरिएका क्यामेरा मध्ये १५ वटाले मात्र काम गर्ने गरेको पाइएको छ ।

सीसी क्यामेराको निगरानी इलाका प्रहरी कार्यालय लेटाङबाट गर्ने गरिएको छ, तर इलाका प्रहरी कार्यालयको सञ्चार शाखामा पुगेर सीसी क्यामेराको अवस्था हेर्दा अधिकांश क्यामेराले काम नगर्ने गरेको पाइएको छ । जम्मा ३४ वटा क्यामेरामध्ये १५ वटा मात्र सञ्चालनमा रहेका छन् । लेटाङ नगरपालिकाको प्रवशेद्वारको रुपमा रहेको लेटाङ बजार पुछारको गंगे चौकमा रहेको अत्यन्तै महत्वपूर्ण ठाउँको सीसी क्यामरे विग्रिएको छ भने लेटाङ बजारको पश्चिमि प्रवेश मार्गको रुपमा रहेको चिसाङ खोलाको पुलमा राखिएको सीसी क्यामेरा बिग्रिएको पनि धेरै भइसक्यो ।
लेटाङमा मोटरसाइकल चोरी, सवारी दुर्घटना लगायतका घटना हुने गरेपनि यसरी सीसी क्यामेरा बिग्रिंदा यस्ता घटना नियन्त्रण गर्न र दोषिसम्म पुग्न प्रहरी प्रशासनलाई चूनौती थपिने गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक विकास थपलिया सीसी क्यामेरा आफूहरुको नियन्त्रणमा रहेपनि नगरपालिकाको स्वामित्वमा रहेकाले बिग्रिएको अवस्थामा मर्मतका लागि नगरपालिकालाई जानकारी गराउने गरेको बताउनुहुन्छ । यसअघि पनि क्यामेरा मर्मतका लागि नगरपालिकालाई पत्र पठाएको र फेरि पनि पठाउने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।
यता यस विषयमा बुझ्दा लेटाङ नगरपालिकाका सूचना प्रविधि शाखाका अधिकृत ओमप्रकाश पौडेल क्यामेरा मर्मत गर्न समस्या भइराखेको स्विकार गर्नुहुन्छ । उहाँ सीसी क्यामेर बिग्रीनु स्वभाविक घटना भएको पनि बताउनुहुन्छ । “बाहिर राखिएका क्यामेराहरु बिग्रन्छन् नै, त्यहिंमाथि वर्षाको समय छ चट्यांङ पर्छ क्यामेरा बिग्रिहाल्छ, हामी बनाउन त बनाउँछौं तर कुनै न कुनै बिग्रिएकै हुन्छ ।” उहाँले भन्नुभयो । “अरु पालिकामा त यो प्रविधि नै फेल भइसक्यो, बरु हामीले त जसोजतो चलाइ राखेका छौं ।” त्यसो हो भने नगरका सबै सीसी क्यामेरा हटाइ दिए भयो नि त ? भन्ने हाम्रो प्रश्नमा पौडेलले अब नयाँ प्रविधि आएकाले पूर्णरुपमा नयाँ प्रविधिको सामाग्रीहरु प्रयोग गरेमा मात्र समस्या समाधान हुने तर त्यसका लागि ठूलो बजेट लाग्ने जवाफ दिनुभयो ।
Natanky nai ho yo sabai. Kasari kharab hunxa mean place ma. Timi haru ko man kharab vayera vaueko ho. Janta lai chutiya banauna lageko ho. Yo media or polis le?