फर्स्ट माइक्रोफाइनान्सको नाफा बढ्यो ७३ प्रतिशत

मोरङ खबर 503+ समाचार ( )
१२ श्रावण २०८३, मङ्गलबार

लेटाङ ।  फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२\८३ को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले १९ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.६४ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षमा खुद ब्याज आम्दानीतर्फ बैंकले ७.४७ ले वृद्धि गरी २२ करोड ७४ लाख रुपैयाँ पुर्याएको छ ।

लघुवित्तको सञ्चालन नाफा १५ करोड ७६ लाखबाट वृद्धि भई २७ करोड २७ लाख पुगेको छ । लघुवित्तले खराब कर्जा फिर्ता र ब्याज खर्चलाई नियन्त्रण गरेर नाफा बढाएको उल्लेख गरेको छ ।

लघुवित्तको वार्षिक प्रति शेयर वितरणयोग्य आम्दानी १० रुपैयाँ १३ पैसा पुगेको छ । अघिल्लो वर्ष ३.८४ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घट्दै २.८८ प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार