मुख्य समाचार
घाइते सञ्चारकर्मीलाई नयन मिडिया फाउन्डेसनद्वारा बीमा रकम हस्तान्तरण | चरित्र हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गर्याे अभियन्ता वेदिका केसीलाई | कानेपोखरीमा पैदलयात्रीलाई ठक्कर दिएर फरार सवारी चालक ४ दिनपछि पक्राउ | पदभार ग्रहणअघि निर्वाचित सदस्यहरूसँग उद्योग वाणिज्य संघ इटहरीकी नवनिर्वाचित अध्यक्ष गायत्री कटुवाल भण्डारीद्वारा छलफल | सिद्धार्थ सेकेण्डरीले गर्याे १२ वर्षअघिको यौन दुर्व्यवहारको आरोपमा एक शिक्षकलाई निलम्बन | २ घण्टामा २ अर्बको पनि भएन शेयर कारोबार | शिक्षामन्त्री पोख्रेल विरुद्ध नाराबाजी गरी प्रदर्शन गर्ने पाँच जना नियन्त्रणमा | आज पनि बढ्यो सुनचाँदीको भाउ | भैरहवा भन्सारबाट १ खर्ब ५ अर्ब राजस्व सङ्कलन | लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि सरोकारवालासँग पैरवी समूह गठन |

कानेपोखरीमा पैदलयात्रीलाई ठक्कर दिएर फरार सवारी चालक ४ दिनपछि पक्राउ

मोरङ खबर 453+ समाचार ( )
७ श्रावण २०८३, बिहीबार

इटहरीः मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित जङ्गल क्षेत्रमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको सवारी साधनका चालकलाई चार दिनपछि प्रहरीले इटहरीबाट पक्राउ गरेको छ ।

गत आइतबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत कानेपोखरी–७ मा बा २ झ २२२६ नम्बरको गाडीले ठक्कर दिँदा पथरीशनिश्चरे नगरपालिका–१० निवासी ६० वर्षीय गोविन्द लिम्बू गम्भीर घाइते भएका थिए । उपचारका क्रममा लिम्बूको मृत्यु भएको थियो ।

दुर्घटना भएको क्षेत्र जङ्गल भएकाले सिसी क्यामेरा नहुँदा घटनामा संलग्न सवारी पहिचान गर्न प्रहरीलाई समस्या भएको थियो । घटनास्थलमा गाडीका केही फुटेका पार्टपुर्जा मात्र फेला परेपछि प्रहरीले ती सामग्रीलाई आधार बनाएर अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा दुर्घटनामा संलग्न सवारी सुनसरीको इटहरीस्थित हेभी इक्विपमेन्ट सडक विभागको रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले बुधबार राति करिब १० बजे इटहरीस्थित विभागको कार्यालय परिसरमा लुकाइराखिएको सो गाडी फेला पारेको हो ।

दुर्घटनापछि फरार रहेका चालक सिराहाको सुखीपुर नगरपालिका–८ निवासी ४४ वर्षीय राम उद्गार मण्डललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । चालक मण्डलविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार