मुख्य समाचार
इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता | ३० अर्बको दैनिक कारोबार लक्ष्यसहित पूँजी बजारको १० वर्षे गुरुयोजना सार्वजनिक | आज तरहरामा ‘कोरा २०२६’ हुने, ६ सयभन्दा बढी साइकलयात्री सहभागी हुने | आज हरिशयनी एकादशी, चर्तुमास व्रत शुरु | स्रोत नखुलेको साढे ६ लाख रुपैयाँसहित विराटनगर विमानस्थलबाट उपसचिव पक्राउ |
मुख्य समाचार
इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता | ३० अर्बको दैनिक कारोबार लक्ष्यसहित पूँजी बजारको १० वर्षे गुरुयोजना सार्वजनिक | आज तरहरामा ‘कोरा २०२६’ हुने, ६ सयभन्दा बढी साइकलयात्री सहभागी हुने | आज हरिशयनी एकादशी, चर्तुमास व्रत शुरु | स्रोत नखुलेको साढे ६ लाख रुपैयाँसहित विराटनगर विमानस्थलबाट उपसचिव पक्राउ |


लेटाङ उद्योग बाणिज्य संघको निर्वाचनमा एमाले र कांग्रेसबीच भागवण्डा, सहमतिमै नयाँ कार्य समिति चयन

रेवती रमण निरौला 160+ समाचार ( )
२४ पौष २०८०, मङ्गलबार

लेटाङ, २४ पुस । लेटाङ उद्योग वाणिज्य संघको नयाँ नेतृत्व सर्वसहमतिमा चयन गरिएको छ । सोमबार सम्पन्न २६ औं वार्षिक साधारणसभाले खड्ग श्रेष्ठको नेतृत्वमा सर्वसहमतिमा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा गजेन्द्र खाँण ठकुरी, उद्योग उपाध्यक्षमा कृष्ण विश्वकर्मा, वाणिज्य उपाध्यक्षमा बालकृष्ण शाक्य, महासचिवमा नेत्र प्रसाद निरौला, उद्योग सचिवमा सुदेश वस्ती, वाणिज्य सचिवमा शान्तिकला राई बस्नेत र कोषाध्यक्षमा निर्मल कुमार दाहाल सर्वसहमतिमा निर्वाचित हुनु भएको छ ।

यसैगरि कार्यसमिति सदस्यमा पप्पु कुमार शाह, सुशीला विमली, चीरञ्जिवी  शाक्य, टेकबहादुर श्रेष्ठ, सोमनाथ निरौला, सृजना थेगिम, मञ्जुला ठाकुर, इन्द्र कुमाल श्रेष्ठ र पदम प्रसाद पौडेल निर्वाचित हुनु भएको छ । यसैगरि लेखा समिति संयोजकमा यामनाथ सुवेदी तथा सदस्यमा धनकुमार विश्वकर्मा र टेकबहादुर श्रेष्ठ निर्वाचित हुनु भएको छ ।

यसपटक लेटाङ उद्योग वाणिज्य संघमा नेकपा एमाले र नेपाली कांग्रेसले भागबण्डा गरि सहमतिमा कार्यसमिति चयन गरिएको हो । उद्योगी व्यापारीहरुको संस्था भनिए पनि राजनीतिक रुपमा निर्वाचन हुने गरेकोमा यसपटक भने लेटाङका दलहरुले सहमति जुटाएर नयाँ नेतृत्व चयन गरेका हुन् ।

लेटाङमा उद्योग वाणिज्य संघमा नेपाली कांग्रेस समर्थित उद्योगीहरुको वर्चश्व रहेको बताइन्छ । सोही अनुशार १७ सदस्यीय कार्य समिति र ३ सदस्यीय लेखा समिति सहित २० जना निर्वाचित हुनु पर्नेमा नेपाली कांग्रेसबाट १२ जना र नेकपा एमालेबाट ८ जना सर्वसहमतिमा निर्वाचित भएका छन् ।

नेतृत्व चयनका लागि दुवै दलबाट वार्ता समिति गठन गरि छलफल गरेर सहमति जुटाइएको बताइएको छ । ८ जना पदाधिकारी मध्ये अध्यक्ष श्रेष्ठ नेपाली कांग्रेस समर्थित हुन् भने वरिष्ठ उपाध्यक्ष ठकुरी, महसचिव निरौला र वाणिज्य उपाध्यक्ष बालकृष्ण शाक्य गरि ३ जना पदाधिकारी एमाले समर्थित हुन् । अध्यक्ष र अन्य ४ जना गरि ५ जना पदाधिकारी नेपाली कांग्रेस समर्थित छन् । यसैगरि ९ जना कार्य समिति सदस्य मध्ये ३ जना एमाले र ६ जना कांग्रेस समर्थित छन् भने लेखा समितिमा २ जना एमाले र १ जना कांग्रेस समर्थित निर्वाचित भएका छन् । लेटाङमा बिरलै देखिने गरेको राजनीतिक सहमति उद्योग वणिज्य संघमा देखिनुलाई धेरैले सकरात्मक रुपमा लिएका छन् ।

 

 निर्वाचन अघि लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यता तथा उद्योग बाणिज्य संघ कोशी प्रदेशका उपाध्यक्ष भीमबहादुर पौडेलको विशिष्ट आतिथ्यतामा साधारणसभाको खुलासत्र सम्पन्न भएको थियो । सो अवसरमा आर्थिक वर्ष ०७९/०८० को २० लाख ४८ हजार ५ सय ५० रुपैयाँको आम्दानी खर्चको बिबरण प्रस्तुत गरिएको थियो ।

यसैगरि साधारणसभाको अवसरमा ७ जना पूर्व अध्यक्षलाई सम्मान गर्नुका साथै तत्कालिन लेखा संयोजक ढक बहादुर श्रेष्ठलाई मरणोपरान्त सम्मान गरिएको थियो । कार्यक्रममा लेटाङ नगरप्रमुख भूपेन्द्र कुमार लावती, पूर्वनगरप्रमुख शंकर राई, उपप्रमुख कृष्ण कुमारी निरौला, कोशी प्रदेश उद्योग बाणिज्य संघका उपाध्यक्ष भीम बहादुर पौडेल, लेटाङ ३ का पूर्ववडाध्यक्ष देबराज चाम्लिङ, संघका पूर्वअध्यक्षहरु ओम प्रकाश श्रेष्ठ, आनन्द सागर तिम्सिना, दीपकचन्द्र राई, मीत्र प्रसाद बिमली लगायतले मन्तब्य राख्नुभयो । 


प्रतिक्रिया

Mohan gadtaula २५ पौष २०८०, बुधवार

Congratulations to all

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार