मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

(क्यान) ले पायो नयाँ नेतृत्व, अध्यक्षमा चन्द र सचिवमा पारस

मोरङ खबर 406+ समाचार ( )
६ अशोज २०८०, शनिबार

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्व चयन भएको छ । आज सम्पन्न निर्वाचनबाट अध्यक्षमा चतुरबहादुर चन्दसहित १७ सदस्यीय नयाँ नेतृत्व चयन भएको हो । 

अध्यक्षमा सर्वसहमतिमा चन्द दोहोरिंदा अन्य २ पदाधिकारी र तीन केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् भने एक सचिव र १० केन्द्रीय सदस्य चुनावबाट निर्वाचित भएका हुन् ।  उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भएका हुन् । 

यता सचिव पदमा भने राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का विजयी भएका छन् । उनले प्रशान्तविक्रम मल्ललाई ११ मतले पराजित गरेका हुन् । 

केन्द्रीय सदस्यमा महिलातर्फ जयन्तीदेवी भट्टको मात्र उम्मेदवारी परेको थियो । उनी निर्विरोध भइन् । यसै गरी, लुम्बिनीबाट प्रदीप मजगैंया र कर्णालीबाट श्रीधर केसी पनि निर्विरोध केन्द्रीय सदस्य भए ।

कोशीबाट सुनिल कुमार पौडेललाई १३ मतले पराजित गर्दै अर्जुन पौडेल विजयी भए । यस्तै मधेस प्रदेशमा माधवकुमार कर्माचार्य र मोहम्मद दाउद अन्सारीको बराबरी ४२÷४२ मत आएकोमा गोलाप्रथाबाट कर्माचार्य विजयी भए ।

 बागमतीबाट दिवाकर घले निर्वाचित भएका छन् । उनले ४६ भोट ल्याउँदा प्रतिस्पर्धी सुदीप पिया ३६ मात्र ल्याए । 

गण्डकीबाट सुदीप शर्मा ५२ मत ल्याउँदै विजयी हुँदा प्रतिस्पर्धी देवेन्द्र प्रजुले २८ मत मात्र ल्याए । सुदूरपश्चिममा विक्रम विष्ट २९ मतका साथ विजयी भएका छन् भने प्रतिस्पर्धी हरि रेग्मीले ३१ मत ल्याए ।

 खुल्ला ५ केन्द्रीय सदस्यमा धीरेन्द्र साउद, दुर्गाराज पाठक, आयूष श्रेष्ठ, विरेन्द्रबहादुर चन्द विजयी भएका छन् । साउदले सर्वाधिक ५९ र पाठकले ५४ मत ल्याए । यस्तै आयूषको ५१ र चन्दको ३४ मत आएको छ । 

पाचौंमा करन महत्रा क्षेत्री र ऋषिराम गौतमको बराबर २६÷२६ मत आएकोमा गोला प्रथाबाट करनलाई विजयी घोषित गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार