लेटाङ । विश्वकप फुटबलमा स्पेनले दोस्रो पटक ट्रफी उचालेसँगै फिफाले विश्वकप २०२६ मा सहभागी सबै ४८ टोलीको अन्तिम वरीयता सार्वजनिक गरेको छ ।
फिफाले समान चरणबाट बाहिरिएका टोलीको अन्तिम स्थान निर्धारण गर्दा प्रतियोगिताभरको कुल अंक, गोल अन्तर र गोल सङ्ख्यालाई आधार मानेको जनाएको छ ।
समूह चरणको पहिलो खेलमा स्पेनले केप भर्डेसँग गोलरहित बराबरी खेलेको थियो । त्यसपछि उसले लगातार सात खेल जित्दै उपाधि उचालेको हो । उसले साउदी अरेबिया, उरुग्वे, अस्ट्रिया, पोर्चुगल, बेल्जियम, फ्रान्स र अर्जेन्टिनालाई पराजित गर्दा प्रतियोगिताभरमा १ गोल मात्रै खाएको थियो ।
उपविजेता बनेको अर्जेन्टिनाले समूह चरणका सबै खेल जितेको थियो । त्यसपछि केप भर्डे, इजिप्ट, स्वीट्जरल्यान्ड र इंग्ल्यान्डलाई उसले पराजित गरेको थियो ।
इंग्ल्याण्ड सन् १९६६ पछि पहिलो पटक विश्वकपमा शीर्ष तीनभित्र स्थान बनाउन सफल भएको थियो ।
फिफा विश्वकप २०२६ को अन्तिम वरियता
१. स्पेन
२. अर्जेन्टिना
३. इंग्ल्यान्ड
४. फ्रान्स
५. नर्वे
६. बेल्जियम
७. मोरक्को
७. स्विट्जरल्यान्ड
९. मेक्सिको
१०. कोलम्बिया
११. ब्राजिल
१२. अमेरिका
१३. पोर्चुगल
१४. क्यानडा
१५. इजिप्ट
१६. पाराग्वे
१७. नेदरल्यान्ड्स
१८. जर्मनी
१९. आइभरी कोस्ट
२०. क्रोएसिया
२१. जापान
२२. अष्ट्रेलिया
२३. डीआर कङ्गो
२४. घाना
२५. इक्वेडर
२५. दक्षिण अफ्रिका
२७. स्विडेन
२८. अस्ट्रिया
२९. बोस्निया एन्ड हर्जेगोभिना
३०. अल्जेरिया
३१. सेनेगल
३२. केप भर्डे
३३. इरान
३४. दक्षिण कोरिया
३५. टर्की
३६. स्कटल्यान्ड
३७. उरुग्वे
३८. साउदी अरेबिया
३९. चेकिया
४०. न्युजिल्यान्ड
४१. कतार
४२. कुरासाओ
४३. पानामा
४४. जोर्डन
४५. हैटी
४६. उज्बेकिस्तान
४७. ट्युनिसिया
४८. इराक