मुख्य समाचार
इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता | ३० अर्बको दैनिक कारोबार लक्ष्यसहित पूँजी बजारको १० वर्षे गुरुयोजना सार्वजनिक | आज तरहरामा ‘कोरा २०२६’ हुने, ६ सयभन्दा बढी साइकलयात्री सहभागी हुने | आज हरिशयनी एकादशी, चर्तुमास व्रत शुरु | स्रोत नखुलेको साढे ६ लाख रुपैयाँसहित विराटनगर विमानस्थलबाट उपसचिव पक्राउ |

अनुशा निरौलाको निर्णायक गोल सँगै स्वर्गद्वारी विजयी

मोरङ खबर 469+ समाचार ( )
२६ अशोज २०८०, शुक्रबार

लेटाङ । लेटाङ नगरपालिका वडा नम्बर ९ मा जारी जनप्रतिनिधि कप फुटबल प्रतियोगिता अन्तरगत आज ३ वटा खेल सम्पन्न भएका छन् । आज भएका खेल मध्ये महिलातर्फको प्रतियोगितमा अन्तरगत भएको खेलमा स्वर्गद्वारी १ विजयी भएको छ । मिलिजुली २ लाई ० का विरुद्ध १ गोलले पराजित गर्दै स्वर्गद्वारी १ विजयी भएको हो । स्वर्गद्वारीलाई विजयी गराउन खेलको पहिलो हाफमा अनुशा निरौलाले गरेको गोल नै निर्णायक रह्यो ।

आजको जितसँगै स्वर्गद्वारी १ क्वाटर फाइनलमा प्रवेश गरेको छ । अब स्वर्गद्वारी १ ले क्वाटरफाइनलमा सिधै बाइ पाएर आएको सगरमाथा १ सँग सेमीफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

यसैगरि आज पुरुष तर्फको प्रतियोगिताका  २ खेल भएका छन् । जसमा स्वर्गद्वारी २ लाई ० का विरुद्ध ३ गोलले पराजित गर्ने सम्वृद्धि १ विजयी भएको छ । यस्तै अर्को खेलमा मिललिजुली २ ले सगरमाथा १ लाई पराजीत गरेको छ । लेटाङ नगरपालिका वडा नम्बर ९ को आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल असोज ३० गते हुनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार