मुख्य समाचार
धरानसहित १३ स्थानीय तहले ल्याउन सकेनन् बजेट | विपद्को समयमा कार्यालय नछाड्न निर्देशन | छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका सुकुनाका थप एक जना शिक्षक पक्राउ, पक्राउ पर्नेको सङ्ख्या पुग्यो चार | लगातार छैटौं कारोबार दिन बढ्यो नेप्से, कारोबार पनि नाघ्यो ६ अर्ब रुपैयाँ | चौतर्फी विरोधपछि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नगर्ने सरकारको निर्णय | धार्मिक विषयलाई लिएर जानकी मन्दिर परिसरबाट लखेटिए श्रम संस्कृतिका कार्यकर्ता | कीर्तिपुरमा आगो लागेको कारबाट निकालियो एक जनाको शव | हजार रुपैयाँ बढ्यो सुनको दाम, चाँदीको ५० रुपैयाँ | बिल लिनेमध्ये १ जनालाई प्रत्येक दिन १ लाख र १५ दिनको फरकमा १ जनालाई १० लाख पुरस्कार दिने सरकारको घोषणा | गत २४ घण्टामा झापाको अनारमनीमा १०८.६ मिलिमिटर वर्षा, पछिल्लो १ घण्टामा झापाको बाहुनडाँगीमा १७.६ मिलिमिटर वर्षा |

गोठगाउँमा महाशिवरात्री मेला लाग्ने, जगतगुरु वालसन्त आउँदै (भिडियोसहित)

मोरङ खबर 421+ समाचार ( )
१९ फाल्गुन २०८०, शनिबार

सुन्दरहरैंचा । सुन्दरहरैंचा ७ स्थित गोठगाउँमा महाशिवरात्री मेला लाग्ने भएको छ । फागुन २५ गते शुक्रबार महाशिवरात्रीका दिन गोठाउँस्थित शिवपाञ्चायन मन्दिर परिसरमा प्राचिन हरिद्वार चताराधामका पीठाधिश जगत्गुरु वालसन्त मोहनशरण देवाचार्य ज्यूको प्रमुख आतिथ्यतामा महाशिवरात्री मेला तथा पूजा कार्यक्रम हुने भएको हो । महाशिवरात्री मेला तथा पूजा आयोजक मूल समारोह समितिले आज शनिबार शिवपाञ्चायन मन्दिर परिसरमा पत्रकार सम्मेलन गर्दै मेला तथा पूजा कार्यक्रम बारे जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै मेला आयोजक समितिका सचिव मिलन लुइँटेलले विहान ५ बजेदेखि रात्रीकालिन जाग्रामसम्म विधिवत पूजा आराधना र भजनकिर्तन लगायतका धार्मिक कार्यक्रम हुने जानकारी दिनुभयो । चण्डिपाठ, लघुरुद्री, होमादी, शिवआरती, शिवध्वनी, लक्ष्यवर्ती प्रज्ज्वलन, भजनकिर्तन र रात्रीकालिन जाग्रामको कार्यक्रम रहने उहाँले जानकारी दिनुभयो । 

शिवपाञ्चायन मन्दिर क्षेत्रलाई सुन्दरहरैंचाकै पशुपति क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले यसवर्षदेखि महाशिवरात्री मेला तथा पूजा कार्यक्रम सुरु गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । मेलाकै अवसरमा शिवपञ्चायन मन्दिर परिसरमा भर्खरै निर्माण गरिएको कैलाश पर्वत र जलधारासहितको भगवान शिवको मूर्तीको प्राणप्रतिष्ठा गरि अनावरण समेत गरिने भएको छ । 

पत्रकार सम्मेलनमा बोल्दै शिवपाञ्चायन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पोष्ट कुमार श्रेष्ठले सुन्दरहरैंचा वडा नम्बर ७ का १३ वटा टोल विकास समिति तथा सामाजिक र धार्मिक संघसंस्थाहरु एक भएर मेला सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । मेलामा साहाकारी खाद्यपरिकार लगायतका स्टलहरु रहने उहाँले बताउनुभयो । 

मेलमा करिव ३ हजार भक्तजन आउने तथा १ लाख ५० हजार हाराहारीमा भेटी संकलन हुने आयोजकको अपेक्षा छ । पत्रकार सम्मेलनमा बोल्दै मेला आयोजक समिति अध्यक्ष तुलशा आचार्यले धर्मसंस्कृति र चाडपर्वहरुको संरक्षण र सम्वर्धन गर्ने उद्देश्यले यसैवर्षदेखि मेला सुरु गरिएको बताउनुभयो । 

मेला सफल बनाउन विभिन्न उपसमिति समेत निर्माण गरिएको छ । मातृका चौलागाईको संयोजकत्वमा प्रसाद वितरण, कपिलराज दाहालको संयोजकत्वमा स्वयम्सेवक परिचालन र केशव भट्टराईको संयोजकत्वमा भेटि व्यवस्थापन उपसमिति निर्माण गरिएको छ ।  

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार