मुख्य समाचार
नोवेल एजुकेशनद्वारा नवआगन्तुक विद्यार्थीलाई स्वागत, मतदानद्वारा क्याप्टेन र भाइस क्याप्टेन छनौट (भिडियोसहित) | लेटाङको जाँतेमा भव्यताका साथ मनाइयो मदन स्मृति दिवस, मदन भण्डारीको योगदान बारे चर्चा (भिडियोसहित) | कालेबुदुली सडकको काम सूचारु, गुणस्तरीय काम गर्ने गराउने प्रतिवद्धता (भिडियोसहित) | राष्ट्रिय युवा संघद्वारा लेटाङ नगर अस्पतालमा सरसफाई | कालेबुदुली सडक : ठेकेदारले त्रुटी गरेको पूर्वाधार कार्यालयको स्विकारोक्ति, पुनः अनुगमन गरि त्रुटी सच्याइने | रुखमा मोटरसाइकल ठोक्किंदा श्रीमानको मृत्यु, श्रीमती घाइते | उपमेयर कप महिला भलिवलको उपाधि आयोजक सुन्दरहरैंचालाई, लेटाङ उपविजेता | "वाँसवारी पानीट्याङ्की" लाई नमूना टोल बनाउने अभियान सुरु | श्रीमतिको स्मृतिमा विद्यालयमा धारा निर्माण | लेटाङ र सुन्दरहरैँचा उपमेयर कप भलिवलको सेमिफाइलनमा प्रवेश |

साग्मामा सम्पन्न पुरुष र महिला भलिवलको उपाधि वारांगीलाई (भिडियोसहित)

मोरङ खबर 286+ समाचार ( )
१२ चैत्र २०८०, सोमबार

लेटाङ । लेटाङ १ स्थित साग्मामा साविक वडा स्तरीय भलिवल प्रतियोगिता सम्पन्न भएको छ । स्थानीय नमुना युवा परिवार साग्माको आयोजनामा उत्तरी मोरङका साविक गाविसका वडास्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता सम्पन्न गरिएको हो ।

चैत्र ८ गतेदेखि सुरु भएर आज सोमबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ १४ वटा र महिलातर्फ ७ वटा टीम सहभागी भए । प्रतियोगितामा पुरुषतर्फ वारांगी प्रथम, फाइवा दोश्रो र कार्तीके तेश्रो भएका छन् । पुरुषतर्फ प्रथम भएको वारांगीले ट्रफीसहित ३० हजार, द्वीतीय भएको फाइवाले १८ हजार र तृतीय हुने कार्तीकेले ७ हजार नगद पुरस्कार पाएका छन् । 

यसैगरि महिलातर्फको उपाधि पनि वारांगीले नै जितेको छ भने आयोजक साग्मा महिलातर्फको उपविजेता बन्न सफल भएको छ । महिलातर्फको विजेता वारांगीले ट्रफिसहित नगद १० हजार र उपविजेता साग्माले नगद ६ हजार पाएका छन् । विजेता खेलाडीहरुलाई लेटाङ १ का वडाध्यक्ष विष्णुकुमार मगर लगायतका अतिथिहरुले पुरस्कार तथा ट्रफि प्रदान गर्नुभयो । 

आयोजक नमुना युवा परिवार साग्माका अध्यक्ष ख्याम रानामगरको अध्यक्षता तथा वडाध्यक्ष विष्णुकुमार मगरको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा स्थानीय समाजसेवी बालकुमार चेम्जोङ, सविकुमार राई, थामनारायण राई, ठेक्काजित राई, खड्ग नारायण राई, तिलक राई लगायतको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा बोल्दै वडाध्यक्ष विष्णुकुमार मगरले आगामी वर्षमा पनि साग्मामा भलिवल प्रतियोगिता सञ्चालन गर्न सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले खेल मैदानमा शौचालय निर्माणका लागि बजेट व्यवस्थापन गरिदिएको भन्दै नगर प्रमुख भूपेन्द्र कुमार लावतीलाई धन्यवाद समेत दिनुभयो ।

यसैगरि आयोजक नमुना युवा परिवार साग्माका अध्यक्ष ख्याम रानामगरले सबैबाट थोरै थोरै सहयोग जुटाएर प्रतियोगिता सञ्चालन गरेको जानकारी गराउँदै वडाध्यक्षबाट वर्षेनी सहयोग प्राप्त हुँदै आएको भन्दै खुशी व्यक्त गर्नुभयो । 

यस्तै स्थानीय समाजसेवी सविकुमार राईले गाउँघरमा हुने यस्ता प्रातियोगिताहरुले खेलाडी र खेल क्षेत्रको विकासका लागि ठूलो मद्दत पुग्ने बताउनुभयो । कार्यक्रममा खेल मैदानका लागि १ रोपनी जग्गा उपलब्ध गराउनु हुने जग्गादाता डम्बर राईलाई सम्मान समेत गरिएको छ ।

उत्तरी मोरङको पहाडी वडाहरुमा निकै लोकप्रिय खेलको रुपमा रहेको भलिवल खेलको विकास र प्रवर्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार