मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङमा अन्तर धार्मिक शान्ति संवाद कार्यक्रम सम्पन्न

मोरङ खबर 407+ समाचार ( )
१८ जेठ २०८१, शुक्रबार

लेटाङ । लेटाङमा अन्तरधार्मिक शान्ति संवाद कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक विकास मञ्च नेपाल सीडीएफको आयोजनामा ब्रेड फर द वल्र्ड जर्मनीको आर्थिक सहयोग र संस्थागत विकास सञ्जालको प्राविधिक सहयोगमा १ दिने अन्तरधार्मिक शान्ति संवाद कार्यक्रम सञ्चालन गरिएको हो । 

सीडीएफ नेपालका अध्यक्ष रामचन्द्र बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा अन्तरधार्मिक शान्ति महासंघ नेपालका अध्यक्ष रामभक्त कुरुम्वाङ, अन्तरधार्मिक शान्ति सञ्जाल मोरङका सदस्य हरीप्रसाद काफ्ले लगायतको आतिथ्यता रहेको थियो भने इस्लाम, इसाई, किराँत, वौद्ध, हिन्दु र स्वर्गीक मार्गका गरी २६ जना धर्मगुरु र अनुयायीहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रमको सहजीकरण गर्दौ विकासका लागि साझेदारी परियोजनाका इञ्चार्ज नरबहादुर लिम्बूले धार्मिक सहिष्णुताको परिभाषा, महत्व, आवश्यकता र धार्मिक सहिष्णुता कायम गर्नमा बाधक तत्वहरु बारे प्रकाश पार्नुभयो । 

कार्यक्रममा बोल्दै नेपाल तामाङ बौद्ध गुम्बा लेटाङ नगर समितिका अध्यक्ष राम प्रसाद ग्यावाले अहंकार, घमण्ड, रिस, इष्र्याले धार्मिक सहिष्णुतामा खलल पु¥याउने बताउनु भयो ।  

यस्तै हिन्दू धर्मका धर्मगुरु हरी प्रसाद काफ्लेले धर्मगुरुहरुले अतिवादको बाटो पहिल्याउँदा समस्या आउने गरेको बताउनु भयो । यसैगरि इसाई धर्मका दील राईले एक धर्मले अर्को धर्मलाई कहिल्यै घृणा गर्न नहुने बताउनु भयो भने इस्लाम धर्मका मोहमद रहिम अन्सारीले एकअर्काको धर्मको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी स्वर्गीक मार्गकी अनुयायी मनकुमारी राईले स्वर्गिक मार्ग छुट्टै धर्म नभएर सर्वधर्म एवम् दर्शन भएको बताउँदै सबै प्राणीलाई प्रेम गर्नुपर्ने कुरामा जोड दिनु भयो । 

वक्ताहरुले स्थानीय तहले समेत अन्तरधार्मिक शान्ति प्रवचन कार्यक्रम सञ्चालन गरी समुदायमा धार्मिक सद्भाव र सहिष्णुता जगाउनका लागि वार्षिक नीति तथा कार्यक्रममा नै समावेश गरेर जानुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको अन्त्यमा सीडीएफ नेपालको हलमा सहभोज समेत आयोजना गरिएको थियो । 

प्रतिक्रिया

Dipak Raj Rai ७ श्रावण २०८१, सोमबार

सान्तिको लागि अन्तर धार्मिक सद्भाव कायम राख्न प्रमुख भुमिका बहु भाषिक, बहु धार्मिक,र बहु सांस्कृतिक नेपालकाे तीनै तहका सरकार र प्रशासनको पनि रहन्छ। कसैलाई काखा र कसैलाई पाखा नगरी सबै धर्म ाआस्थाका समुदायहरुलाई समान ब्यबहार गरिनुपर्छ !

Rajendra yonjan १८ जेठ २०८१, शुक्रबार

यस्ता कार्यक्रम प्रतिनिधि मुलक मा मात्र होइन संयुक्त रुपमा अन्तर धार्मिक सामुहिक आमसभा गर्न सुझाब छ

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार