लेटाङ । प्याव्सन लेटाङले आफ्नो दोश्रो नगर परिषद् भेला शुक्रबार सम्पन्न गरेको छ । प्याव्सन लेटाङका अध्यक्ष भोलनाथ पाण्डेको अध्यक्षतामा लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीको प्रमुख आतिथ्यतामा दोश्रो नगर परिषद् भेला सम्पन्न भएको हो ।
नगर परिषद् भेलाको अवसरमा प्याव्सन लेटाङले उत्कृष्ट जीपीए ल्याउने ४ जना विद्यार्थी र १४ जना उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरेको छ । एसइइ परीक्षा र आधारभुत तहको परीक्षामा उत्कृष्ट अंकका साथ उत्तीर्ण भएका २ जना छात्र र २ जना छात्रालाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि लेटाङ नगरपालिका प्रमुख भूपेन्द्रकुमार लावती र विशिष्ट अतिथि उपप्रमुख कृष्णकुमारी निरौलाले प्याव्सन लेटाङमा आवद्ध विद्यालयहरु मध्येबाट एसइइ परीक्षमा सबैभन्दा बढी जीपीए ल्याउने छात्रातर्फ लिटिल फ्लावर्स वोर्डिङ स्कुलकी सेलिना आचार्य र छात्रतर्फ पनि लिटिल फ्लावर्स वोर्डिङ स्कुलकै प्रथम श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरि जनही नगद ५ हजार सहित सम्मान गर्नुभयो ।

यसैगरि प्याव्सन लेटाङमा आवद्ध विद्यालयहरु मध्येबाट आधारभूत तह उत्तीर्ण गर्ने क्रममा सबैभन्दा बढी जीपीए ल्याउने नोवेल एजुकेशन एण्ड डेभलपमेन्ट फाउण्डेशनका छात्र आयुस खत्री र छात्रातर्फ पनि सोही विद्यालयकी अर्ली मगरलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरि जनही नगद ३ हजारसहित सम्मान गरिएको छ ।

यसैगरि प्याव्सन लेटाङले नगर परिषद् भेलाको अवसरमा प्याव्सन लेटाङमा आवद्ध १४ वटा विद्यालयबाट उत्कृष्ट १÷१ जना गरि १४ जना शिक्षकलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरि सम्मान गरेको छ ।
जाँते प्यारागन इंग्लीस स्कुलबाट भुषण सूर्यमगर, टेण्डर वर्डस् इंग्लीस स्कूलबाट दिनेश खड्का, लिटिल फ्लावर्स वोर्डिङ स्कूलबाट तारा श्रेष्ठ, अमरहट मेमोरियल इंग्लीस स्कुलबाट लक्ष्मी बराल सुवेदी, लेटाङ सेकेण्डरी वोर्डिङ स्कूलबाट डेभ्लप राई, जाँते नमुना इंग्लीस स्कूलबाट चन्द्रबहादुर गुरुङ, पूर्वाञ्चल अल्मामेटर होमबाट उद्धव रिजाल, पब्लिक सेन्ट्रल इंग्लीस स्कुलबाट सावित्रा आचार्य, ग्यालेक्सी एकेडेमीबाट सन्तोष भण्डारी, मिनर्वा सेकेण्डरी इंग्लीस स्कुलबाट किरण राई, मोरङ पाथिभरा इंग्लीस स्कुलबाट सीता खतिवडा, सनराइज इंग्लीस स्कुलबाट रिजुता मगर, लेटाङ ग्रीनभ्याली एकेडेमीबाट मनिशा राई र नोवेल एजुकेशन एण्ड डेभलपमेन्ट फाउण्डेशनबाट निर्मल न्यौपानेलाई उत्कृष्ट शिक्षकको रुपमा दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरि सम्मान गरिएको हो ।

नगर परिषद् भेलामा प्याव्सन लेटाङका अध्यक्ष भोलानाथ पाण्डेले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै वार्षिक गतिविधि, कार्यक्रम तथा कार्यतालिका बारे जानकारी गराउनुभयो ।
कार्यक्रमम बोल्दै प्रमुख अतिथि लेटाङ नगर प्रमुख भूपेन्द्रकुमार लावतीले लेटाङको शैक्षिक क्षेत्रमा नीजि विद्यालयको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्नुभयो । राज्यको पक्षबाट मात्र सबैलाई शिक्षा प्रदान गर्ने अवस्था नरहेकाले नीजि क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले लेटाङ नगरपालिका प्याव्सनसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा प्याव्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेत, लेटाङ प्याव्सनका सल्लाहकारहरु लगायत शिक्षा क्षेत्रका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । प्याव्सन लेटाङका सचिव खगेन्द्र कार्कीले सञ्चालन गर्नु भएको नगर परिषद् भेलामा पूर्वअध्यक्ष कमल अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो ।
नगर परिषद् भेलको अवसरमा लेटाङमा रहेर नीजि विद्यालयमा लामो सयम अध्यापन गर्नु भएका स्वर्गीय रत्नबहादुर रायमाझीलाई स्मरण गरि उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । रायमाझीको केहि दिन अघि मात्र अल्पायुमा निधन भएको थियो ।
