मुख्य समाचार
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि सरोकारवालासँग पैरवी समूह गठन | मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड ७२ लाख रुपैयाँ राजस्व सङ्कलन, राजस्व बढे पनि पुगेन लक्ष्यमा | नेपालभन्दा दक्षिण सर्यो मनसुनी रेखा, तराई क्षेत्रमा भन्दा बढी पहाडमा वर्षा | शिक्षक, कर्मचारी पक्राउपछि सुकुना माविले भन्यो, ‘अनुसन्धानमा विद्यालयले पूर्ण सहयोग गर्नेछ’ | बजेट फागुनभित्र खर्च गर्नुपर्ने, खर्च नभएको बजेट चैत १५ भित्र फिर्ता गर्नुपर्ने | असार महिनामा सवारी व्यवस्थापनसम्बन्धी भएका कामको प्रहरीले गरायो जानकारी | अब बलिया कम्पनीको शेयरमा ८० प्रतिशतसम्म कर्जा पाइने | लगातार ६ दिन बढेको शेयर बजारमा गिरावट, खुम्चियो कारोबार रकम पनि | नोबेल र कोशी प्रदेश प्रहरीबीच भयो प्रहरी परिवारलाई उपचार गर्ने सम्झौता | संस्कृत विश्वविद्यालयको उपकुलपतिमा धरानका प्रा.डा. भीमप्रसाद खतिवडा नियुक्त |

नेपालभन्दा दक्षिण सर्यो मनसुनी रेखा, तराई क्षेत्रमा भन्दा बढी पहाडमा वर्षा

मोरङ खबर 444+ समाचार ( )
७ श्रावण २०८३, बिहीबार

लेटाङ । हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण सरदर स्थानमा रहेकाले अघिल्ला दिनहरुको तुलनामा कम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मध्यमसम्मको र एक÷दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ ।

देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

देशका पहाडी भूभागको केही र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार