मुख्य समाचार
दोलखाको गौरीशंकरमा बाढीले बगाउँदा एक जना बेपत्ता, ४ जना कर्मचारी भीरमा बसेर उद्धारको पर्खाइमा | बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प | नामिबियासँग नेपाल ८ विकेटले पराजित, दोहोरियो कमजोर प्रदर्शन | इटहरीको दिगो चार्ज प्वाइन्टमा सोलार ब्याट्री स्टोरेज प्रणाली विकास गरिने | धरानसहित १३ स्थानीय तहले ल्याउन सकेनन् बजेट | विपद्को समयमा कार्यालय नछाड्न निर्देशन | छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका सुकुनाका थप एक जना शिक्षक पक्राउ, पक्राउ पर्नेको सङ्ख्या पुग्यो चार | लगातार छैटौं कारोबार दिन बढ्यो नेप्से, कारोबार पनि नाघ्यो ६ अर्ब रुपैयाँ | चौतर्फी विरोधपछि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नगर्ने सरकारको निर्णय | धार्मिक विषयलाई लिएर जानकी मन्दिर परिसरबाट लखेटिए श्रम संस्कृतिका कार्यकर्ता |

नामिबियासँग नेपाल ८ विकेटले पराजित, दोहोरियो कमजोर प्रदर्शन

मोरङ खबर 425+ समाचार ( )
६ श्रावण २०८३, बुधवार

लेटाङ ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा शुरु भएको नयाँ शृंखलाको पहिलो खेलमै नेपालले निराशाजनक सुरुआत गरेको छ ।

घरेलु मैदानमा दुई महिनाअघि उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष चारको आशा जगाएको नेपाल विदेशी भूमिमा भने पुरानै कमजोरी दोहोर्याउँदै नामिबियासँग ८ विकेटले पराजित भयो । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १५७ रनमै समेटियो भने नामिबियाले १५८ रनको लक्ष्य मात्र दुई विकेट गुमाएर ७४ बल बाँकी छँदै पूरा गर्याे ।

नेपालको ब्याटिङ सुरुदेखि नै दबाबमा रह्यो । ओपनर कुशल भुर्तेल र इशान पाण्डे सस्तैमा आउट भएपछि नेपालको इनिङ्स धराशायी बन्न पुग्यो । कप्तान रोहित पौडेल (३२) र दीपेन्द्र सिंह ऐरी (३०) ले चौथो विकेटका लागि ५२ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे पनि त्यसलाई ठूलो स्कोरमा परिणत गर्न सकेनन् । नामिबियाका जेजे स्मिथले घातक बलिङ गर्दै ६ विकेट लिएपछि नेपाल १५७ रनमा अलआउट भयो ।

सामान्य लक्ष्य पछ्याएको नामिबियाले संयमित ब्याटिङ गर्दै सहज जीत निकाल्यो । माइकल भान लिन्गेनले ५१ रन तथा जान फ्रायलिंकले अविजित ७८ रन बनाउँदै दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरे । नेपालका लागि नन्दन यादव र कप्तान रोहित पौडेलले एक–एक विकेट लिए पनि बलरहरूले कम स्कोरको रक्षा गर्न सकेनन् ।

पराजयपछि कप्तान रोहित पौडेलले नामिबियाको उत्कृष्ट बलिङ र नेपालको कमजोर ब्याटिङ नै हारको मुख्य कारण भएको बताए । पावरप्लेमा लगातार विकेट गुमाउँदा टोली दबाबमा परेको र मध्यक्रमले त्यसलाई सम्हाल्न नसकेको उनको भनाइ थियो । उनले आगामी खेलमा राम्रो योजना बनाएर मैदान उत्रिने प्रतिबद्धता पनि व्यक्त गरे ।

यो हारसँगै नेपाल लिग–२ को २९ खेलबाट २४ अंकसहित पाँचौं स्थानमा रहेको छ । समान २४ अंक भएका नामिबिया र क्यानडाभन्दा नेपाल रनरेटका आधारमा मात्र अगाडि छ । शीर्ष चारमा रहँदै विश्वकप छनोट यात्रालाई बलियो बनाउन नेपालका बाँकी सातै खेल अत्यन्त महत्वपूर्ण बनेका छन् ।

नेपालले अब बिहीबार घरेलु टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार