मुख्य समाचार
धरानसहित १३ स्थानीय तहले ल्याउन सकेनन् बजेट | विपद्को समयमा कार्यालय नछाड्न निर्देशन | छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका सुकुनाका थप एक जना शिक्षक पक्राउ, पक्राउ पर्नेको सङ्ख्या पुग्यो चार | लगातार छैटौं कारोबार दिन बढ्यो नेप्से, कारोबार पनि नाघ्यो ६ अर्ब रुपैयाँ | चौतर्फी विरोधपछि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नगर्ने सरकारको निर्णय | धार्मिक विषयलाई लिएर जानकी मन्दिर परिसरबाट लखेटिए श्रम संस्कृतिका कार्यकर्ता | कीर्तिपुरमा आगो लागेको कारबाट निकालियो एक जनाको शव | हजार रुपैयाँ बढ्यो सुनको दाम, चाँदीको ५० रुपैयाँ | बिल लिनेमध्ये १ जनालाई प्रत्येक दिन १ लाख र १५ दिनको फरकमा १ जनालाई १० लाख पुरस्कार दिने सरकारको घोषणा | गत २४ घण्टामा झापाको अनारमनीमा १०८.६ मिलिमिटर वर्षा, पछिल्लो १ घण्टामा झापाको बाहुनडाँगीमा १७.६ मिलिमिटर वर्षा |

लेटाङ– ५ मा घरमै पुगेर अशक्त र जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण

मोरङ खबर 421+ समाचार ( )
२४ जेठ २०८२, शुक्रबार

- छवि श्रेष्ठ

लेटाङ । लेटाङ नगरपालिका ५ नम्बर वडा कार्यालयले जेष्ठ नागरिक, बिरामी तथा अशक्त नागरिकहरूसँग भेटघाट तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम अन्तरगत वडाध्यक्ष भूमबहादुर सूर्यमगरको नेतृत्वमा वडासदस्यहरु शोभा खड्का, रामबहादुर पौडेल लगायत वडाका कर्मचारीहरु र स्वास्थकर्मीहरुले घर–घरमा पुगेर सेवा प्रदान गर्ने गरेका छन् ।  

वडाका जनप्रतिनिधिहरुले वडा भित्रका जेष्ठ नगारिक, अशक्त तथा विरामी भएर थलिएका व्यक्तिहरुको घरमै स्वास्थ्यकर्मीहरु सहित पुगेर स्वास्थ्य जाँच गरिदिने तथा पौष्टिक खानेकुरा वितरण गर्ने गर्दछन् । 

 घरबाहिर हिँडडुल गर्न समेत गाह्रो हुने जेष्ठ नागरिक तथा अशक्तहरुको घरमै स्वास्थ्यकर्मीसहित पुगेर वडाका जनप्रतिनिधिहरुले स्वास्थ्य जाँच गराउनुका साथै सुख–दुःखका गफगाफ गरेपछि जेष्ठ नागरिक तथा अशक्त व्यक्तिहरु पनि खुसी हुने गरेका छन् । 

 स्थानीय समुदायसँग जोडिने, गुनाशो सुन्ने र उनीहरूको स्वास्थ्य जाँच समेत गराइदिने उद्देश्यले घरदैलो कार्यक्रम गरेको वडाध्यक्ष मगरले बताउनुभयो । जेष्ठ नागरिक तथा अशक्त नागरिकहरुको स्वास्थ्य जाँच गराउनका साथै उनीहरुलाई अण्डा, हर्लिक्स जस्ता पौष्टिक खानेकुरा पनि उपहार स्वरुप दिने गरिएको छ ।   

प्रतिक्रिया

chhabi shrestha २४ जेठ २०८२, शुक्रबार

राम्रो कार्य

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार