मुख्य समाचार
लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि | रेडस्टार मावि र ऋतम्भरा कलेजमा स्वागत तथा अभिमुखिकरण सम्पन्न, विद्यार्थीसँगै नाचे राजेश हमाल | कोशी प्रदेशका मुख्यमन्त्री र जापानका राजदूत माईडा टोरु बीच भेटवार्ता | विराटनगरमा पाँचौँ विराट सडक महोत्सव हुने, प्रवेश निःशुल्क | मुख्यमन्त्री र जापानी राजदुत लेटाङ आउँदै, पुस्तकालय उद्घाटन गर्ने कार्यक्रम |

लेटाङको जाँते-पथरी सडकखण्डमा हतियार देखाएर दिउँसै लुटपाट

रेवती रमण निरौला 149+ समाचार ( )
२३ असार २०८०, शनिबार

मोरङ । लेटाङ नगरपालिकाको जंगल क्षेत्रमा लुटपाटका घटनामा वृद्धि भएको छ । एकसाता अघि मात्र लेटाङ कानेपोखरी सडकको जंगल क्षेत्रमा लुटपाट भएको घटना सेलाउन नपाउँदै शनिबार लेटाङ ९ जाँतेबाट पथरी जाने सडकखण्डमा दिउँसै लुटपाट भएको छ । जाँते पथरी सडकखण्ड अन्तरगत जंगलको फायरलाइन क्षेत्रमा पथरीबाट जाँतेतर्फ आउँदै गरेका लेटाङ ८ का ओम प्रकाश रानामगर दिउँसो साढे ४ बजेतिर लुटपाटमा परेका हुन् । 

पथरीबाट जाँते फर्कने क्रममा फारलाइन आइपुग्दा हतियार सहित ५ जनाको समुहमा रहेका लुटेराहरुले रानामगरलाई लुटपाट गरेका हुन् । लुटेराहरु ५ जना मध्ये ३ जना लुटपाटमा संलग्न भएको र अन्य २ जनाले आवत जावत निगरानी गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुले रानामगरसँग रहेको नगद ४ हजार तथा ओपो ब्राण्डको मोबाइल लुटेर लगेको अस्थायी प्रहरी चौकी जाँतेका प्रमुख प्रहरी सहायक निरीक्षक राम कुमार कटुवालले जानकारी दिनुभयो । बाईकमा सवार रानामगरलाई लुटेराको समुहले खुकुरी प्रहार गरेपनी हेल्मेटमा लागेकाले चोट भने लाग्न पाएन ।

प्रहरी सहायक निरीक्षक कटुवालले घटनामा संलग्नहरुको खोजीका लागि टोली परिचालन गरिएको जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय पथरीको एरियामा घटना भएकाले इलाका प्रहरी कार्यालय पथरीले समेत संलग्नहरुको खोजीका लागि प्रहरी परिचालन गरेको जनाएको छ । प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले घटनामा संलग्नको खोजीका लागि टोली परिचालन गरिए पनि हालसम्म थप जानकारी नआएको बताउनुभयो ।   

गतसाता मात्र लेटाङ कानेपोखरी सडकखण्डमा समेत लुटपाट भएको थियो । सोही दिन केराबारीको जंगलमा समेत लुटपाट भएको थियो । लुटपाटका घटनामा लागुऔषध सेवनकर्ताहरु संलग्न भएको हुनसक्ने आशंकामा लेटाङ प्रहरीले पछिल्लो समय लेटाङ क्षेत्रमा विशेष अप्रेसन सञ्चालन गरिरहेको छ ।  

प्रतिक्रिया

Rabin dahal २३ असार २०८०, शनिबार

लागु पदार्थ खायर लूटपाट गरेका हो भने कानुन बमोजिम सजाय दिनुपर्छ।गरिबी वा बेरोजगारी को कारण हो भने राहत दिनुपर्छ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार