मुख्य समाचार
अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान | लेटाङमा ३९० घण्टे सीपमूलक प्राविधिक तालिम सुरु | “लेटाङ रन” को तेश्रो संस्कारण माघ १ गते हुने / करिव ८ सय धावक सहभागी हुँदै (भिडियोसहित) | लेटाङ एडभान्स हस्पिटलको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न / २९२ जनाले लिए सेवा / १० जेष्ठ नागरिकलाई विशेष सम्मान | सुन्दरहरैंचामा दोस्रो उपमेयर कप अन्तर–पालिका महिला भलिबल प्रतियोगिता हुने |

लेटाङ–२ का विद्यालयबाट एसइइ उत्तीर्ण विद्यार्थीलाई वडाको सम्मान

मोरङ खबर 405+ समाचार ( )
१६ असार २०८२, सोमबार

लेटाङ । लेटाङ नगरपालिका वडा नम्बर २ को कार्यालयले एसइइ परीक्षा उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।  लेटाङ २ मा रहेको एउटा सामुदायिक र एउटा नीजि गरि २ वटा विद्यालयबाट एसइइ परीक्षामा उत्तीर्ण भएका ७५ जना विद्यार्थीलाई वडा कार्यालयले सम्मान गरेको हो । 

वडाध्यक्ष तेजप्रसाद तिम्सिनाको अध्यक्षतामा वडा कार्यालयमा भएको कार्यक्रममा लक्ष्मी माध्यमिक विद्यालयबाट परीक्षा दिएका ७८ जनामध्ये उत्तीर्ण भएका ५६ जना र मोरङ पाथिभरा इङ्लिस स्कुलबाट परीक्षा दिएका १९ जनामध्ये उत्तीर्ण भएका सबै १९ जना विद्यार्थी गरि ७५ जनालाई सम्मान गरिएको हो । कार्यक्रममा वडाध्यक्ष तिम्सिना र विद्यालयका प्रधानाध्यापक राजेन्द्र खतिवडा लगायतले एसइइ उत्तीर्ण भएका विद्यार्थीहरुलाई खादा–टीका लगाएर प्रमाणपत्र प्रदान गरि सम्मान गर्नुभयो । 

कार्यक्रममा बोल्दै वडाध्यक्ष तिम्सिनाले उत्कृष्ट नतीजा सँगसँगै नैतिकवान र सक्षम नागरिक बन्ने गरि अघि बढ्न सबै विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । कक्षा १२ अध्ययन गर्ने वित्तिकै बिदेश जाने लहर चलेको भन्दै उहाँले विदेश नगइ उच्च शिक्षा पढेर देशमा नै रोजगार बन्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा पत्रकार सुरेश अधिकारी, लेटाङ २ स्थित वडा मेलमिलाप केन्द्रका संयोजक पुण्यप्रसाद खतिवडा, मोरङ पाथिभरा ईङ्लिस स्कुलका सँस्थापक खगेन्द्रराज भण्डारी र लक्ष्मी मा.बि. का सहायक प्रधानाध्यापक देबराज सापकोटालगायतले विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभयो ।

वडाका लेखा प्राविधिक करण बोहोराले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य निलम ज्यु ले स्वागत मन्तव्य राख्नु भएको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार