मुख्य समाचार
संस्कृत विश्वविद्यालयको उपकुलपतिमा धरानका प्रा.डा. भीमप्रसाद खतिवडा नियुक्त | स्थायी नियुक्ति रोक्ने निर्णयको विरोधमा युवा निस्किए सडकमा | गणेश थापा र रेवतीप्रसाद ढकाल असार महिनाको ‘सर्वोत्कृष्ट’ प्रहरी घोषित | बेलबारीको इमान स्मृति टोल विकास संस्थाले शुरु गर्याे सरसफाइ अभियान | २ घण्टामा अढाइ अर्बको शेयर किनबेच, सूचकमा २९ अङ्कको गिरावट | सुनको मूल्य बढ्यो ५४०० रुपैयाँ, चाँदीको ११० रुपैयाँ | बागमती सरकारबाट एमाले बाहिरियो, ६ मन्त्रीको सामूहिक राजीनामा | अनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिक विषयक अन्तरक्रिया | गाडी, भ्रमण र घरभाडामा अर्थ मन्त्रालयको लगाम | इलाका प्रहरी कार्यालय बेलबारीका कार्यालय प्रमुख प्रहरी निरीक्षक राजीव गिरी उत्कृष्ट प्रहरी घोषित |

स्थायी नियुक्ति रोक्ने निर्णयको विरोधमा युवा निस्किए सडकमा

मोरङ खबर 435+ समाचार ( )
६ श्रावण २०८३, बुधवार

काठमाडौंः सरकारले स्थायी कर्मचारी नियुक्ति प्रक्रिया रोकेको विरोधमा युवा–विद्यार्थी सडकमा निस्किएका छन् । युवाले २ दिनअघिको सचिवस्तरीय बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्वीकृतिबिना लोकसेवाको पदपूर्ति नगर्न गरेको निर्णय खारेजीको माग गरेका छन् ।

लोकसेवाको कार्यतालिका अनुसार विज्ञापन र परीक्षा सञ्चालन गर्नुपर्ने युवाहरूको माग छ ।

काठमाडौंको माइतीघरमा विरोधमा निस्किएकाहरूले सरकारको यस निर्णयले वर्षौँदेखिको लोकसेवा तयारीमा गरिरहेको मिहिनेत खेर गएको र रोजगारीको सपनामा लात हानेको गुनासो पोखेका छन् ।

करार प्रणालीको दुरुपयोग रोक्नुपर्ने, रिक्त दरबन्दीमा समयमै खुला प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्नुपर्ने, योग्यता र प्रतिस्पर्धाको आधारमा नियुक्त गर्नुपर्ने, राजनीतिक प्रभावभन्दा कानुन र मेरिटलाई प्राथमिकता दिनुपर्ने उनीहरूले माग गरेका छन् ।

सांसदहरूले स्वकीय सचिव राख्ने नै भए नेपाल सरकारका कर्मचारी राख्नुपर्ने युवाहरूको भनाइ छ ।

विरोधमा निस्किएका युवाले ‘देशमै बाँच्ने–देशमै बस्न सक्ने वातावरण सिर्जना गर’, ‘स्वतन्त्र संवैधानिक निकायमाथिको हस्तक्षेप बन्द गर’, ‘पहुँच भए खाऊ युवा–स्वकीय सचिव खाऊ !’, ‘लोक सेवा भिड्ने भए, भर्ना छैन जाऊ’ आदि नारा अङ्कित प्लेकार्ड बोकेका थिए ।

२ दिनअघि सचिवस्तरीय बैठकले नयाँ ओएण्डएमपछि बढी हुने (फाजिल) कर्मचारीको व्यवस्थापन नभएसम्मका लागि स्थायी पदपूर्तिमा रोक लगाउने निर्णय गरेको थियो ।

कुनै पनि निकायले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वस्वीकृतिबिना नयाँ स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नपठाउन पनि बैठकले निर्देशन दिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार