मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङ ग्रीनभ्याली एकेडेमीले मनायो २८ औं वार्षिकोत्सव, उत्कृष्ट शिक्षक, अभिभावक र विद्यार्थी सम्मानित (भिडियोसहित)

रेवती रमण निरौला 160+ समाचार ( )
१८ फाल्गुन २०८०, शुक्रबार

लेटाङ । लेटाङ ग्रीनभ्याली एकेडेमीले आफ्नो २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार विभिन्न कार्यक्रम गरि मनाएको छ । लेटाङ ४ स्थित विद्यालयको परिसरमा वृहत साँस्कृतिक तथा सम्मान कार्यक्रम गर्दै ग्रीनभ्यालीले वर्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । 

लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ र लेटाङ प्याव्सनका अध्यक्ष कमल अधिकारीको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै लेटाङ नगर प्रमुख भूपेन्द्र कुमार लावतीले ग्रीनभ्याली एकेडेमी लेटाङ नगरपालिकाकै सबैभन्दा बढी विद्यार्थी भएको विद्यालय रहेको भन्दै अभिभावकहरुको विश्वस जित्न सकेकोमा बधाइ दिनुभयो । उहाँले शैक्षिक गुणस्तर र अतिरिक्त क्रियाकलापहरुमा समेत ग्रीनभ्याली अब्बल रहेको भन्दै प्रशंशा समेत गर्नुभयो । 

यस्तै लेटाङ ४ का वडाध्यक्ष राम कुमार श्रेष्ठले लेटाङ क्षेत्रकै गर्व गर्न लायक विद्यालय आफ्नो वडामा रहेको भन्दै ग्रीनभ्याली एकेडेमीको उत्तरोत्तर प्रगतीको कामना गर्नभुयो । यसैगरि लेटाङ प्याव्सनका अध्यक्ष कमल अधिकारीले लेटाङका नीजि विद्यालयहरुमध्ये ग्रीनभ्याली एकेडेमी अग्रणी विद्यालय रहेको तथा पठनपाठनका साथै अतिरिक्त क्रियाकलापहरुमा समेत उत्कृष्ट नजिता हात पार्दै आएको भन्दै प्रशंशा गर्नुभयो । यसैगरि विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष दहशेर राईले निकै समस्याकाबीच विद्यालयले उपलब्धि हासिल गरेको भन्दै बिगतका दीनहरुलाई स्मरण गर्नुभयो ।  

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक किरणदीप राईले विद्यालयको प्रगती प्रतिवेदन तथा भावि योजना बारे जानकारी गराउँदै विद्यालयले ७६ जना विद्यार्थीलाई पूर्ण छात्रवृति प्रदान गरेको बताउनुभयो ।  प्रतिवेदन प्रस्तुत गर्दै उहाँले विद्यालयले २०६२ सालदेखि २०८० सम्म शतप्रतिशत विद्यार्थीहरुलाई एसएलसी तथा एसइइ परीक्षा उत्तीर्ण गराउँदै आएको जानकारी दिनुभयो ।  

यसैगरि कक्षा १२ को परीक्षामा समेत हालसम्म सतप्रतिशत उत्तीर्ण गराएको तथा २०८० मा व्यवस्थापन संकायमा लेटाङकै सर्वोत्कृष्ट नजिता ल्याएको जानकारी गराउनभुयो । राष्ट्रिपति कप, प्याव्सन मीट लगायतका खेलकुदका साथै नृत्य प्रतियोगिताहरुमा समेत विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै आएको उहाँले बताउनुभयो । 

कार्यक्रममा २०८० सालको कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट जीपीए प्राप्त गर्ने छात्रा निशा श्रेष्ठलाई नगद ५ हजारसहित सम्मान गरिएको छ । यस्तै अतिरिक्त कृयाकलापमा उत्कृष्ट छात्रा यानी लिम्बूलाई बेष्ट पर्फमर अफ द इयर घोषणा गर्दै सम्मान गरिएको छ । यसैगरि धरानमा सम्पन्न एसइइ सिंगीङ आइडल एण्ड डान्सिङ स्टरमा नृत्यतर्फ थर्ड रनअप हुन सफल अस्मिका राईलाई पनि सम्मान गरिएको छ । 

ग्रीनभ्यालीले बालबच्चा पठन पाठनमा विशेष ख्याल गर्ने अभिभावक राम इकवाल शाहलाई उत्कृष्ट अभिभावकको रुपमा सम्मान गरेको छ । यस्तै उत्कृष्ट शिक्षकको रुपमा आधारभुततर्फ मनिशा राई र माध्यमिक तहतर्फ निशा तामाङलाई नगद ५ हजारसहित सम्मान गरिएको छ ।

यसैगरि विद्यालयका शिक्षक गोविन्द अधिकारीले व्यक्तिगत रुपमा २ जना जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गर्नु भएको छ । कक्षा ६ मा अध्ययनरत अमन राई र पुर्णीमा लिम्बूलाई शिक्षक अधिकारीले शैक्षिक सामाग्री प्रदान गर्नु भएको हो । 

वार्षिकोत्सवको अवसरमा विद्यालयका विद्यार्थी र शिक्षकहरुले समेत विभिन्न नृत्य, गीत र कविता प्रस्तुत गरेका थिए । शिक्षक गोविन्द अधिकारीले अभिभावकसँग बालबच्चाको सम्बन्धको विषयमा निकै मार्मिक कविता प्रस्तुत गर्नुभयो ।

यसैगरि विद्यार्थीहरुले विभन्न सांस्कृतिक तथा आधुनिक गीतहरुमा निकै आकर्षक नृत्य प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गरेका थिए ।  गीत, संगीत र गायन क्षेत्रमा अग्रणि विद्यालयको रुपमा रहेको ग्रीनभ्यालीका विद्यार्थीहरुले नृत्यका साथ साथै विभिन्न व्याण्डमार्फत गायन प्रस्तुत गरेका थिए । 

सो अवसरमा विद्यार्थीहरुले विभिन्न हस्तकलाका आकर्षक सामाग्रीहरु तयार पारी प्रदर्शनीमा समेत राखेका थिए । यसैगरि अभिभावकहरुलाई मनोरञ्जन प्रदान गर्न चिठ्ठा कार्यक्रम सञ्चालन गरिएको थियो । 

कार्यक्रमको समापन मन्तव्य राख्दै विद्यालयका अध्यक्ष तुलसी राईले अभिभावकहरुको विश्वास र शिक्षकहरुको मेहनतका कारण विद्यालयले निकै उपलब्धि हासिल गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रमको समापन मन्तव्य राख्दै विद्यालयका अध्यक्ष तुलसी राईले अभिभावकहरुको विश्वास र शिक्षकहरुको मेहनतका कारण विद्यालयले निकै उपलब्धि हासिल गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

विद्यालयका सञ्चालक सुरेन्द्रजंग साम्पाङले सञ्चालन गर्नु भएको कार्यक्रममा विद्यालयका शिक्षक प्रशंसा थापा मगरले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा विद्यालयका पूर्व व्यवस्थापन समितिका पदाधिकारीहरु, विभिन्न विद्यालयका प्रतिनिधिहरु, सञ्चारकर्मीहरु लगायतको पनि आतिथ्यता रहेको थियो ।   

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

Sr १८ फाल्गुन २०८०, शुक्रबार

Nice

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार