मुख्य समाचार
धरानसहित १३ स्थानीय तहले ल्याउन सकेनन् बजेट | विपद्को समयमा कार्यालय नछाड्न निर्देशन | छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका सुकुनाका थप एक जना शिक्षक पक्राउ, पक्राउ पर्नेको सङ्ख्या पुग्यो चार | लगातार छैटौं कारोबार दिन बढ्यो नेप्से, कारोबार पनि नाघ्यो ६ अर्ब रुपैयाँ | चौतर्फी विरोधपछि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नगर्ने सरकारको निर्णय | धार्मिक विषयलाई लिएर जानकी मन्दिर परिसरबाट लखेटिए श्रम संस्कृतिका कार्यकर्ता | कीर्तिपुरमा आगो लागेको कारबाट निकालियो एक जनाको शव | हजार रुपैयाँ बढ्यो सुनको दाम, चाँदीको ५० रुपैयाँ | बिल लिनेमध्ये १ जनालाई प्रत्येक दिन १ लाख र १५ दिनको फरकमा १ जनालाई १० लाख पुरस्कार दिने सरकारको घोषणा | गत २४ घण्टामा झापाको अनारमनीमा १०८.६ मिलिमिटर वर्षा, पछिल्लो १ घण्टामा झापाको बाहुनडाँगीमा १७.६ मिलिमिटर वर्षा |

सहिद दिवसको सन्दर्भ पारेर प्याव्सन लेटाङको साधारणसभा, उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित (भिडियोसहित)

मोरङ खबर 421+ समाचार ( )
१६ माघ २०८०, मङ्गलबार

लेटाङ । नीजि तथा आवासिय विद्यालयहरुको संगठन प्याव्सनको लेटाङ नगर कार्य समितिले छैटौं वार्षिक साधारणसभा विभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ । आज मंगलबार सहिद दिवसको सन्दर्भ पारेर लेटाङ ३ स्थित हमरहट मेमेरियल इंग्लिस स्कूलमा प्याव्सन लेटाङले आफ्नौ छैटौं साधारणसभा सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि लेटाङ नगरपालिका शिक्षा शाखा प्रमुख कृष्णराज राईले प्रजातान्त्रिक आन्दोलनमा बलिदानी दिएका ४ सहिदहरुको तस्विरमा माल्यार्पण गर्दै कार्यक्रम उद्घाटन गर्नुभयो ।

साधारणसभाको अवसरमा प्याव्सन लेटाङले नगर क्षेत्रमा रहेका नीजि विद्यालयका १४ जना शिक्षकहरुलाई सम्मान गरेको छ । १४ वटा विद्यालयले १ जना उत्कृष्ट शिक्षक छनौट गरि पठाएकोमा प्याव्सनले उनीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरि सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि लेटाङ नगरपालिका शिक्षा शाखा प्रमुख कृष्णराज राईले शिक्षकहरुलाई सम्मान गर्नुभयो । वर्षौंदेखि नीजि विद्यालयमा काम गरेर नगरको शिक्षा क्षेत्रको विकासमा योगदान गरिरहेका शिक्षकहरुलाई सम्मान गरिएको हो ।  

यसैगरि साधारणसभाकै अवसरमा लेटाङ प्याव्सनले प्याव्सनमा आवद्ध नगरका १४ वटा नीजि विद्यालयबाट १ छात्र र १ जना छात्रा गरि २ २ जनाका दरले २८ जना विद्यार्थीहरुलाई कपि कलम प्रदान गरेको छ । कार्यक्रमका विशिष्ट अतिथि लेटाङ अस्प्तालका डाक्टर धर्मेन्द्र कुमार यादवले विद्यार्थीहरुलाई कपि कलम प्रदान गर्नुभयो । हरेक विद्यालयबाट आर्थिक रुपमा कमजोर विद्यार्थी छनौट गरि सहयोग गरिएको प्याव्सन लेटाङका अध्यक्ष कमल अधिकारीले जानकारी दिनुभयो ।

यसैगरि प्याव्सन लेटाङले २०७९ सालको एसइइ परीक्षामा नीजि विद्यालयहरुबाट उत्कृष्ट हुने एकजना छात्र र एकजना छात्रा गरि २ जनालाई नगदसहित सम्मान गरेको छ । २०७९ को एसइइमा उत्कृष्ट हुने लेटाङ ८ स्थित नोवेल एजुकेशन फाउण्डेशनका छात्र अग्रज सुवेदी र छात्रा पनिता रानालाई नगद २ २ हजार र प्रमाणपत्रसहित सम्मान गरिएको हो । 

साधारणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि लेटाङ नगरपालिका शिक्षा शाखा प्रमुख कृष्णराज राईले नीजि विद्यालयहरुले नगरको शिक्षा क्षेत्रको विकासमा ठूलो योगदान पुर्याएको भन्दै नगरपालिका सहकार्य र सहयोग गर्न तयार गरेको बताउनुभयो । उहाँले विद्यालयहरुले पनि राज्यको नीति नियम पालना गर्ने कुरामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

लेटाङ व्याव्सका सचिव सुरेन्द्रजंग राईले सञ्चालन गर्नु भएको कार्यक्रममा प्याव्सन लेटाङका सचिव भोला पाण्डेले स्वागत मतव्य राख्नु भयो । साधारणसभामा संस्थाका अध्यक्ष कमल अधिकारीले प्याव्सन लेटाङले वर्ष भरि गरेका गतिविधि तथा आगामी कार्ययोजना समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभयो । सहिद दिवसलाई उपेक्षा गरेको अनुभुति भएकाले सोहि सन्दर्भ पारेर साधारणसभा गरिएको अध्यक्ष कमल अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्याव्सनमा आवद्ध लेटाङका विभिन्न विद्यालयका सञ्चालक, प्रधानाध्यापक, पत्रकार लगायतको समेत उपस्थिति रहेको थियो । 

भिडियो समाचारका लागि दिइएको लिंकमा क्लिक गर्नुहोला । https://youtu.be/fNKSDtlGPmI

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार