मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि

मोरङ खबर 406+ समाचार ( )
१७ भाद्र २०८२, मङ्गलबार

मोरङ । मोरङको सुन्दरहरैंचामा आइतबार सार्वजनिक स्थलको रिपोर्टिङ गरिरहेका पत्रकारहरुलाई भिडियो नखिच्न भन्दै अवरोध गर्ने मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले माफि मागेका छन् । प्रजिअ यादवको सो कार्यको चौतर्फि आलोचना भएपछि सोमबार जिल्ला प्रशासन कार्यालय मोरङमा भएको छलफलका क्रममा प्रजिअ यादवले गल्ती भएको मसशुस गर्दै माफि मागेका हुन् । 

पत्रकारलाई भिडियो छायाँकनका लागि अवरोध गरेको विषयका समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि प्रजिअ यादवले छलफलबाट समस्या समाधान गर्न आफु तयार रहेको भन्दै नेपाल पत्रकार महासंघ मोरङलाई जानकारी गराएपछि दुई पक्षबीच जिल्ला प्रशासन कार्यालय मोरङमा छलफल भएको हो । 

छलफलमा प्रजिअ यादवले आफुले नियतबस त्यसो नगरेको र आगामी दिनमा समेत त्यस प्रकारका गल्ती नदोहोर्याउने प्रतिवद्धता जनाएपछि नेपाल पत्रकार महासंघ मोरङले घटनालाई अघि नबढाउने निश्कर्ष निकालेको सहसचिव निरौलाले जानकारी दिए । प्रजिअ यादव पत्रकारहरुलाई रिपोर्टिङ गर्ने क्रममा सहज रुपमा सूचना उपलब्ध गराएर सहयोग गर्दै आएका व्यक्ति भएकाले समेत आइतबार भूलबस भएको कार्यलाई मानविय त्रुटी सम्झिएर क्षमा गरिएको निरौलाले जानकारी दिए । 

छलफलमा पत्रकारहरुको तर्फबाट नेपाल पत्रकार महासंघ नेपालका केन्द्रीय सदस्य कमल रिमाल, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सुशीला पाठक, पूर्वअध्यक्ष महेन्द्र विष्ट, उपाध्यक्ष सन्तोष सिग्देल, सचिव नेत्र पी अधिकारी, सहसचिवद्वय रेवतीरमण निरौला र श्यामसुन्दर सुतिहार, कोषाध्यक्ष कौशल निरौला, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सुमन सुस्केरा, मोरङ अध्यक्ष चिना थापा र सहसचिव कृष्णचन्द्र सुवेदीको सहभागिता रहेको थियो भने जिल्ला प्रशासन कार्यालयको तर्फबाट प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलको उपस्थिति रहेको थियो ।  

      आइतबार मोरङको सुन्दरहरैँचा ७ स्थित गछिया खोलामा निर्माण गर्न लागिएको क्रसरको विषयमा विवाद भएपछि अनुगमनमा पुगेका प्रजिअ यादवले रिपोर्टिङका लागि पुगेका पत्रकारहरुलाई भिडियो नखिच्न भन्दै रोक लगाएका थिए ।  

स्थानीवासी, क्रसरका सञ्चालक, जिल्ला समन्वय समिति प्रमुख अजम्वर राई र नगर प्रमुख केदार गुरागागईसहितको उपस्थितिमा भएको कुराकानीको छायाँकन गरिरहेका पत्रकारहरु नेपाल पत्रकार महासंघ मोरङका सहसचिव तथा मोरङ खबरका सञ्चालक रेवतीरमण निरौला, विराट टेलिभिजन इटहरीका विकल पौडेल, न्यूज २४ टेलिभिजनका मनोज भुजेल र पूर्वी अनलाइनका पत्रकार कृष्णचन्द्र सुवेदीलाई प्रजिअ यादवले भिडियो नखिच्न भन्दै रोक लगाएका थिए ।    

अनुगमनको अन्त्यमा नेपाल पत्रकार महासंघ मोरङका सहसचिव रेवती रमण निरौलाले अनुगमनबाट के निश्कर्ष निस्कियो भनेर प्रश्न गरेर भिडियो रेकर्ड गर्न खोज्दा समेत प्रजिअ यादवले हातले क्यामरा हटाएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार