मुख्य समाचार
सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता | ३० अर्बको दैनिक कारोबार लक्ष्यसहित पूँजी बजारको १० वर्षे गुरुयोजना सार्वजनिक | आज तरहरामा ‘कोरा २०२६’ हुने, ६ सयभन्दा बढी साइकलयात्री सहभागी हुने | आज हरिशयनी एकादशी, चर्तुमास व्रत शुरु | स्रोत नखुलेको साढे ६ लाख रुपैयाँसहित विराटनगर विमानस्थलबाट उपसचिव पक्राउ | सन् २०३० को विश्वकप फुटबल ६ वटा देश र ३ वटा महादेशमा हुने, विश्वकपको शतवार्षिकी मनाइने | इटहरीका विभिन्न संघसंस्थाले ट्राफिकलाई दिए ६४ थान ट्राफिक कोन | यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर | मदन पुरस्कारका लागि १० पुस्तकको सूची सार्वजनिक | लियो क्लब अफ तरहरा–इटहरी गठन |

३० अर्बको दैनिक कारोबार लक्ष्यसहित पूँजी बजारको १० वर्षे गुरुयोजना सार्वजनिक

मोरङ खबर 464+ समाचार ( )
८ श्रावण २०८३, शुक्रबार

काठमाडौंः नेपाल धितोपत्र बोर्डले पूँजी बजारलाई देशको आर्थिक विकासको दोस्रो मुख्य स्तम्भ बनाउने घोषणा गर्दै ‘पूँजी बजार विकास मार्गचित्र, २०८३’ सार्वजनिक गरेको छ । जसमा आगामी १० वर्षभित्र बजारको संरचनात्मक सुधार गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने जनाइएको छ ।

आगामी दशकभित्र कुल गार्हस्थ उत्पादनमा बजारको योगदान उल्लेख्य बढाउने धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले मार्गचित्रमा उल्लेख गरेका छन् । सार्वजनिक मार्गचित्रले सन् २०३६ सम्मका लागि मुख्य सूचकहरूमा ठूलो फड्को मार्ने प्रक्षेपण गरेको छ । हाल औसत ८ अर्ब रुपैयाँ हाराहारीमा रहेको दैनिक कारोबार रकमलाई ३० अर्ब रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ ।

कुल गार्हस्थ उत्पादन र बजार पूँजीकरणको अनुपात हाल ७० देखि ८० प्रतिशत रहेकोमा त्यसलाई १५० प्रतिशतभन्दा बढी पुर्याउने, बजारमा सूचीकृत कम्पनीहरूको संख्या ५०० भन्दा बढी पुर्याउने लक्ष्य राखिएको छ । शेयर बजारमा बैंक तथा वित्तीय संस्थाको ४५ प्रतिशत र जलविद्युत् क्षेत्रको ३५ प्रतिशत हिस्सा छ ।

मार्गचित्रलाई तीन चरणमा विभाजन गरेर कार्यान्वयन गरिने भएको छ । जसअनुसार सन् २०२६ देखि २०२७ सम्मको पहिलो चरणमा कानुनी र नीतिगत सुधारका कार्यहरू हुने भएका छन् ।

सन् २०२८ देखि २०३० सम्म दोस्रो चरणमा बजार विस्तार र डिजिटल रूपान्तरण शुरु गरिने भएको छ ।

त्यस्तै, सन् २०३१ देखि २०३६ सम्मको अन्तिम चरणमा विदेशी लगानीकर्तालाई प्रवेश गराउँदै नेपाली पूँजी बजारको पूर्ण अन्तर्राष्ट्रियकरण गरिने लक्ष्य लिइएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार