मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

पूर्वप्रधानमन्त्री ओलीद्वारा सुन्दरहरैंचामा अत्याधुनिक सडकको शिलान्यास, १३ महिनामा निर्माण सम्पन्न हुने

रेवती रमण निरौला 160+ समाचार ( )
१० जेठ २०८१, बिहीबार

सुन्दरहरैंचा । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मोरङको सुन्दरहरैंचामा निर्माण हुन लागेको अत्याधुनिक कालोपत्रे सडकको शिलान्यास गर्नु भएको छ । सुन्दरहरैंचास्थित गोठगाउँ चौकमा आज विहीबार सुन्दरहरैंचा नगरपालिकाद्वारा आयोजित भव्य समारोहकाबीच पूर्वप्रधानमन्त्री ओलीले सडकको शिलान्यास गर्नुभयो । 

विश्व बैंकको सहयोगमा नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत सुन्दरहरैंचा नगरपालिकामा २ वटा सडक निर्माणका लागि नगरपालिकाले ठेक्का आह्वान गरि सम्झौता गरेपछि पूर्वप्रधानमन्त्रीलाई बोलाएर शिलान्यास गराइएको हो । 

शिलान्यास पश्चात भएको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तोकिएको समयमै गुणस्तरीय सडक निर्माण गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नुभयो ।  

पूर्वप्रधानमन्त्री ओलीले देशको विकासले गति लिंदै गएको भन्दै दुरदराजका गाउँहरुमा पनि सडक पुगेको र पक्की सडकहरु बन्न थालेको बताउनुभयो ।  उहाँले सडक बनेसँगै संभावनाको ढोका खुल्ने भन्दै रोजगारिको अवसर भन्दा पनि उद्यमशिलतामा जोड दिन आग्रह गर्नुभयो । उहाँले स्थानीय सरकारलाई पनि प्रशासनीक काम मात्र नभएर जनताको जीवनस्तरमा परिवर्तन ल्याउने खालका काम गर्न आग्रह गर्नुभयो । 

करिव १५ मिनेट सम्बोधन गर्नु भएका अध्यक्ष ओलीले वर्तमान राजनीतिक विषयमा भने कुनै टिप्पणी गर्नु भएन । आफ्नो सम्बोधनको पुरा समयमा उहाँले विकास र उद्यमशिलताका विषयमै चर्चा गर्न खर्चनुभयो ।

कार्यक्रममा समापन मन्तव्य राख्दै सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरागाईंले सडक शिलान्यासका लागि समय उपलब्ध गराइ दिनु भएकोमा पूर्वप्रधानमन्त्रीलाई धन्यवाद दिनुभयो । उहाँले नगरको विकासका लागि प्रदेश र संघीय सरकारसमक्ष विभिन्न योजनाहरु पेश गरेर नगरको विकासमा लागिपर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।  

सडक शिलान्यास कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, संघीय सांसद ऋषिकेश पोखरेल, कोशी प्रदेशका सांसद ज्ञानेन्द्र सुवेदी, जीवन आचार्य, एमाले नेता गुरु वराल लगायतको अतिथ्यता रहेको थियो । शिलान्यास कार्यक्रममा सहभागी हुन स्थानीवासी ठूलो संख्यामा भेला भएका थिए । पूर्वप्रधानमन्त्री ओलीलाई पञ्चोवाजा बजाएर कार्यक्रममा भव्य स्वागत गरिएको थियो । 

यस्तो बन्ने छ सडक 

यो योजना अन्तरगत सुन्दरहरैंचा ७ गोठगाउँबाट पूर्वाञ्चल विश्वविद्यालय हुँदै सुन्दरहरैंचा ८ को चन्द्रनगर स्थित पूर्वपश्चिम राजमार्गसम्म करिव ५ किलोमिटर र सुन्दरहरैंचा ६ स्थित पूर्वपश्चिम राजमार्गबाट उत्तरतर्फ जाने महेश्वर मार्गको ५ किलोमिटर ७५ मिटर सडक कालोपत्रे हुन लागेको हो ।

सडक डबल लेनको हुनुका साथै दुवैतर्फ सडकबत्ती, दुवैतर्फ फुटपाथ, दुवैतर्फ पक्की ड्रेन, ८ वटा पाइप कल्भर्ट र १४ वटा बक्स कल्भर्टका साथै सम्पूर्ण ट्राफिक चिन्हहरु सहितको गुणस्तरीय अत्यानुधिक कालोपत्रे सडक निर्माण हुने बताइएको छ ।  सो सडक आगमी वर्ष २०८२ असार २२ गतेसम्म निर्माण गरिसक्ने ठेक्का सम्झौता भएको नगरपालिकाले जनाएको छ ।  

सडक निर्माणका लागि गत वैशाख १ गते नै हेटौंडा मकवानपुरको लामा–बानियाँ जेवी र सुन्दरहरैंचा नगरपालिकाबीच ४५ करोड २५ लाख २३ हजार ६ सय ६९ रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।   

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार